२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

 एमालेले राजु गुरुङलाई दियो लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी



अ+ अ-

रुपन्देही । नेकपा एसको केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षबाट राजीनामा दिएर बसेका युवानेता राजु गुरुङ लामो समय यत्तिकै बसेका थिए । पछिल्लो केही समय उनी एमालेसँग नजिकिएको उनले सार्वजनिक गरेका केही फोटाहरुले पुष्टि गरेपनि आधिकारिक रुपमा केही सार्वजनिक गरिएको थिएन । तर उनी एमालेका नेताहरुलाई भेटेका तस्बीर सामाजिक सन्जालमा राखिरहेका थिए ।

बुधबार मात्रै गुरुङलाई एमालेले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको हो । उनीसँगै बुधबारै नेकपा एसको केन्द्रीय सदस्य छाडेर आएकी सिनपाकी पूर्व उपमेयर उमा काफ्ले र रोल्पामा माओवादी छाडेर आएका शान्तराज बोहोरालाई पनि प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको एमाले लुम्बिनीका अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । उनका अनुसार प्रदेश कमिटी अब २३८ सदस्यीय बनेको छ ।