५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार करोड ठगेर फरार त्रिलोक सिंह पक्राउ



अ+ अ-

काठमाडौं: काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीका सिलसिलामा करिब चार करोड १७ लाख ठगेर फरार रहेका बझाङ स्थायी घरठेगाना रहेर हाल बुढानिलकण्ठ–९ मा बसोबास गर्ने त्रिलोक सिंहलाई पक्राउ गरेको छ ।

कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार, सिंहले डम्बर देउवा समेत ६६ जनासँग रकम असुलेर बेपत्ता भएका थिए ।

एनएएन मेरिटाइम ट्रेनिङ एन्ड एजेन्सी प्रालिका संचालक समेत रहेका सिंहलाई प्रहरीले कास्कीको शिशुवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।

सिंहमाथि थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको पनि प्रहरीले जनाएको छ ।