१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको पदाधिकारी हेरफेर आयोगमा अद्यावधिक



अ+ अ-

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी सूची अद्यावधिक गरेको छ। आयोगले ६२ जना केन्द्रीय सदस्यसमेत समावेश भएको नयाँ सूची सार्वजनिक गरेको हो।

यो अद्यावधिक रास्वपाले गत असार ७ मा गरेको निर्णय अनुसार गरिएको हो। नयाँ अभिलेखअनुसार, महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झा नियुक्त भएका छन्। पदाधिकारीमा सह–महामन्त्री एक जना मात्र रहेका छन्।

नयाँ संरचना अनुसार, सभापतिमा रवि लामिछाने, उपसभापतिमा डोलप्रसाद आर्याल र स्वर्णीम वाग्ले रहेका छन्।  सुमना श्रेष्ठले सह–महामन्त्री पदबाट राजीनामा दिएपछि उनी केन्द्रीय सदस्य मात्र बनेकी छन्। अद्यावधिक सूचीमा योजना आयोगका पूर्व सदस्य अरनिको पाँडे पनि समावेश छन्।

यसअघि, निर्वाचन आयोगले रास्वपामा पदाधिकारी हेरफेर नभएको जानकारी दिएको थियो। सो आधारमा पूर्वमहामन्त्री मुकुल ढकाल सर्वोच्च अदालत गएका थिए, तर मंगलबार सर्वोच्चले उनको रिट खारेज गरेको हो।