२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोडसेडिङको हल्ला निरर्थकः मन्त्री खड्का



प्रतिनिधिसभा बैठक काठमाडौँ, ९ असारः उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस
अ+ अ-

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुको मौखिक प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गर्नुभएको हो ।

मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको उहाँको भनाइ छ । उहाँले विद्युत विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तिव्रताका साथ  अगडि बढाइरहेको समेत बताउनु भयो । उहाँकाअनुसार हाल १७ अब ७२ करोड रुपैयाँ बराबरको विद्युत निर्यात भइरहेको छ भने १२ अर्ब ९२ करोड बराबरको जलविद्युत आयात भइरहेको छ । सरकारले विद्युत निर्यातको माध्यमबाट पाँच अर्ब बराबर मुनाफा भइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘१७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत हामीले निर्यात गरिरहेका छौं भने आयात १२ अर्ब ९२ करोडको गरिराखेका छौं । झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ । देशभरीको कुरा गर्ने भने केही क्षेत्रमा विद्युत पु¥याउन बाँकी छ । ति ठाउँहरुमा पनि विद्युत आपूर्ति गरिराखेको अवस्था छ । हामीले सुधारलाई तिव्रताका साथ अगाडि बढाएका छौं । र उत्पादनलाई पनि निरन्तरता दिएका छौं । त्यसो हुँदा लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु ।’

मन्त्री खड्काले वैकल्पिक उर्जा विकासका लागि समेत सरकार लागिपरेको बताउनु भयो ।