२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारभित्र हुने हिंसात्मक घटना यो नै अन्तिम होस्ः एमाले प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले गृहमन्त्री रमेश लेखकलाई कारागारभित्र हुने हिंसात्मक घटना कैलालीकै अन्तिम हुनेगरी काम गर्न आग्रह गर्नुभएको छ ।

बुधवार बसेको कानून न्याय तथा मानव अधिकार समितको बैठकमा उहाँले गृहमन्त्रीको अगुवाईमा कारगार हुने यस्ता हिंसात्मक घटना ‘अब यो अन्तिम हो’ भन्ने ठाउँमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान गृहमन्त्री स्टन्ट गरेर हिँड्ने खालको नभई काम नेतृत्व भएको पनि बताउनु भयो । वर्तमान गृहमन्त्रीलाई काम गरेर देखाउने अवसर पनि रहेको उहाँको भनाई छ । उहाँले कारागारभित्र हुने हिंसात्मक घटना नियन्त्रणको लागी आवश्यक स्रात साधनको पहलकदमीको लागी सबैले पहल गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भोलिका दिनमा कारागार प्रशासनमा यस्ता दुर्घटना, हिंसात्मक क्रियाकलाप नहुन भन्नको लागी विशेषगरि गृह प्रशासनको मुल नेतृत्व गर्ने गृहमन्त्रीज्यु, यहाँ एउटा चाँही सुझबुझ पुर्ण नेतृत्व हो । देशले परसम्म देखेको नेतृत्व हो । यहाँ यो नेतृत्वमा रहँदै गर्दा कम्तिमा पनि कारागार प्रशासनमा किनभने हजुर स्टन्ट गरेर हिड्नुहुन्न भन्ने दुनियाँलाई थाहा छ । तपाई काम गर्नुहुन्छ । काम गर्ने नेतृत्व यो ठाउँमा भएको बेला विगतका गृहमन्त्रीहरुले के गर्नुभयो, छोड्दिम । तर आजको गृहमन्त्रीले कही गर्दैछ भन्ने देखाउने अवसर पनि हो । आवश्यक स्रोत साधनको पहलकदमीको लागी सिंगो हाउसको तर्फबाट हामीले आवश्यक सार्वजानिक विषय बनाएर विषय पहलकदमी गर्ने कुरा पनि गर्नुपर्छ । समितिले गर्नुपर्ने कुराहरु पनि हामी गर्छौ यहाँको अगुवाईमा कारगार हुने यस्ता हिंसात्मक घटना अव यो अन्तिम हो भन्ने ठाउँमा पु¥याउनुपर्छ ।’ 

कारगारभित्र चौकीदार वा नाईके, भाईनाईके बन्नको अस्वस्थ गुट, समुहहरु जन्मिन थालेको पनि उहाँले बताउनु भयो । नेतृत्वको पुग्नको लागि विभिन्न प्रकृतिका समूहहरु सिर्जना हुने र ती समूहहरु हिंसात्मकसम्म हुने गरेको उहाँको भनाई छ । यस्ता कुरालाई सरकारले कानूनी रुपमा व्यवस्थित गर्न ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । बैठकमा उहाँले कैदीबन्दीलाई उत्पादनमुलक काममा जोड्ने कुरामा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।