४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो

अमेरिकी कर वृद्धिको खतरामा भारत

अमेरिकी कर वृद्धिको खतरामा भारत
अ+ अ-

एजेन्सी । भारतीय निर्यातकर्ताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र विरुद्ध कर वृद्धिको धम्कीको परिणामलाई कम गर्न विकल्पहरूको खोजी गरिरहेका छन्।

यदि भारतले रुसी तेल किन्न जारी राख्यो भने, युक्रेनमा रुसको सैन्य आक्रमणका लागि मस्कोको आम्दानी बन्द गर्ने उद्देश्यले ट्रम्पले नयाँ आयात भन्सार २५ प्रतिशतबाट दोब्बर गरेर ५० प्रतिशत पुर्‍याउने भनेपछि धेरैले गम्भीर रोजगारी हानिको चेतावनी दिएका छन् ।

एलारा सिक्योरिटिजका अर्थशास्त्री गरिमा कपुरले भन्नुभयो, “५० प्रतिशत भन्सारमा, भारतका कुनै पनि उत्पादनले प्रतिस्पर्धात्मक लाभ उठाउन सक्दैन ।”

विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता भारतसँग आफ्नो हालको तेल आपूर्तिको करिब एक तिहाइ विदेशबाट प्रतिस्थापन गर्ने विकल्प खोज्न अगस्ट २७ सम्म समय छ ।

नयाँदिल्ली निर्यात पावरहाउस नभए पनि यसले सन् २०२४ मा लगभग ८७ अर्ब डलर मूल्यका सामानहरू संयुक्त राज्य अमेरिकामा निर्यात गरेको थियो ।

अब त्यो ५० प्रतिशत भन्सार शुल्कले रत्न र गहनादेखि कपडा र समुद्री खानासम्मका कम मार्जिन भएका श्रम–गहन उद्योगहरूलाई उल्ट्याउने धम्की दिएको छ ।ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभले सन् २०२५ मा कपडाजस्ता क्षेत्रमा अमेरिकी बिक्रीमा ६० प्रतिशतले गिरावट आउने अनुमान गरेको छ ।

निर्यातकर्ताहरूले समयसीमा अघि अर्डरहरू पूरा गर्न दौडिरहेको बताएका छन् । मुम्बईस्थित कपडा र पोशाक निर्यातकर्ता क्रिएटिभ ग्रुपका अध्यक्ष विजय कुमार अग्रवालले भन्नुभयो, “अगस्ट २७ अघि जे पनि ढुवानी गर्न सक्छौँ, हामी ढुवानी गरिरहेका छौँ ।” उहाँको मुम्बईस्थित कपडा र गार्मेन्ट कम्पनीको अमेरिकी बजारमा लगभग ८० प्रतिशत निर्भरता छ ।

तर अग्रवालले यो केवल तत्काल उपचार मात्र हो भनी चेतावनी दिनुभयो । समयसीमाभन्दा अघि सामान ढुवानी गर्दा समस्या ‘समाधान’ नहुने उहाँले बताउनुभयो । “यदि यो समाधान भएन भने अराजकता हुनेछ”, उहाँले भन्नुभयो । उहाँले आफ्ना १५ हजारदेखि १६ हजार कर्मचारीको भविष्यका लागि चिन्तित रहेको बताउनुभयो । “यो निकै निराशाजनक अवस्था हो… यो व्यापारको ठूलो क्षति हुनेछ”, उहाँले भन्नुभयो ।

 उत्पादन विदेशमा सारिने 

समस्या समाधानका लागि वार्ताहरू व्यवसायको पहुँचबाट टाढा भू–राजनीतिमा निर्भर छन् ।

ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तयारी गर्नुभएको छ । यो सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेपछि दुई देशका राष्ट्रपतिहरू बीचको पहिलो प्रत्यक्ष भेटघाट हुनेछ ।

मस्कोसँग लामो समयदेखि सम्बन्ध रहेको नयाँदिल्ली नाजुक अवस्थामा छ । ट्रम्पको करको धम्कीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की दुवैसँग कुरा गरेर द्वन्द्वको ‘शान्तिपूर्ण समाधान’ गर्न आग्रह गर्नुभएको छ ।

यसैबीच, अमेरिकी भन्सारको प्रभाव भारतमा पहिले नै महसुस हुन थालेको छ । केही अमेरिकी खरीदकर्ताहरूबाट नयाँ अर्डरहरू सुक्न थालेको व्यापारीहरूले बताएका छन् । यसले लाखौँ डलरको भविष्यको व्यापार र संसारको पाँचौँ ठूलो अर्थतन्त्रमा लाखौँ मानिसको जीविकोपार्जनलाई खतरामा पारेको छ ।

विश्वव्यापी उत्पादन सञ्चालनका साथ भारतका सबैभन्दा ठूला पोशाक निर्माताहरू मध्ये, केहीले आफ्नो अमेरिकी अर्डरहरू अन्यत्र सार्न खोजिरहेका छन् । शीर्ष निर्यातकर्ता पर्ल ग्लोबल इन्डस्ट्रिजले भारतीय मिडियालाई यसका केही अमेरिकी ग्राहकहरूले भियतनाम वा बङ्गलादेश जस्ता कम शुल्क भएका देशहरूमा अर्डरहरू उत्पादन गर्न आग्रह गरेको बताएको छ । ती मुलुकमा कम्पनीसँग उत्पादन सुविधाहरू पनि छन् । प्रमुख पोशाक निर्माता गोकलदास एक्स्पोर्टले ब्लुमबर्गलाई उसले १० प्रतिशत भन्सार रहेको इथियोपिया र केन्यामा उत्पादन बढाउन सक्ने बताएको छ ।

 स्थिरता 

हालसालै मुडीजले भारतका लागि ‘धेरै फराकिलो भन्सार अन्तर’ ले ‘सम्बन्धित लगानी आकर्षित गर्न हालैका वर्षहरूमा भएको केही लाभलाई उल्ट्याउन पनि सक्छ’ भनी चेतावनी दिएको छ । भारतको रत्न र गहना उद्योगले गत वर्ष १० अर्ब डलरभन्दा बढी मूल्यका सामानहरू निर्यात गरेको थियो र लाखौँ मानिसलाई रोजगारी दिएको थियो ।

“अहिले केही भइरहेको छैन, सबै ठप्प छ, नयाँ अर्डरहरू रोकिएका छन्”, डि. नवीनचन्द्र एक्सपोर्टका अजेश मेहताले भन्नुभयो, “हामीले एक लाख ५० हजारदेखि दुई लाख कामदार प्रभावित हुने अपेक्षा गरेका छौँ ।”

रत्नहरू र अन्य महँगा गैर–आवश्यक वस्तुहरू जोखिममा छन् । “१० प्रतिशत भन्सार अवशोषणयोग्य थियो –– २५ प्रतिशत छैन, यो ५० प्रतिशतको त कुरै नगरौँ”, मेहताले भन्नुभयो, “दिनको अन्त्यमा, हामी विलासिताका उत्पादनहरूमा व्यापार गर्छौँ, जब लागत एक विन्दुभन्दा बढी जान्छ, ग्राहकहरूले कटौती गर्नेछन् ।”

केही अमेरिकी क्रेताहरूले ढुवानी रोक्न भनेका समुद्री खाद्य निर्यातकहरूले नयाँ ग्राहकहरूको आशा गरिरहेका छन् । “हामी हाम्रा बजारलाई विविधीकरण गर्न खोजिरहेका छौँ”, बेबी मरीन ग्रुपका साझेदार एलेक्स निनानले भन्नुभयो, “संयुक्त राज्य अमेरिका अहिले पूर्ण रूपमा बाहिर छ । हामीले हाम्रा उत्पादनहरूलाई वैकल्पिक बजारमा धकेल्नुपर्छ, जस्तै चीन, जापान… रुस अर्को बजार हो जसमा हामीले साँच्चै हेरिरहेका छौँ ।”

तथापि यो त्यति सजिलो नभएको उहाँले चेतावनी दिनुभयो । “तपाईं अचानक बजार सिर्जना गर्न सक्नुहुन्न”, उहाँले भन्नुभयो ।