२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलखादको समस्या सधैँका लागि समाधान गर्नेतर्फ सरकार अघि बढेको छः मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलखादको समस्या सधैँका लागि समाधान गर्नेतर्फ सरकार अघि बढिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीसँग रासयनिक मलको अभावबारे भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रासयनिक मलको बारेमा पछिल्ला दिनमा केही समस्या आइरहेको भन्नेबारेमा छलफल भएको जानकारी दिनुभयो । मलको समस्या कुन ढंगबाट सधैँका लागि समाधान गर्ने भन्ने बारेमा प्रधानमन्त्रीले चासो राख्नुभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘रासयनिक मलका सन्दर्भमा छलफल भयो । छलफलको निष्कर्ष आज निस्किन सकेन । हामी तीन दिनमा फेरि बस्ने शुक्रवार बस्ने भन्ने सहमतिका साथ बाहिरिएका छौँ । तीन दिनपछि बसौँ र एउटा निष्कर्षमा पुगौँ भन्नुभयो । मलमा जुन समस्या आएका छन्, ठूलो समस्या त छैनन् तर कुन ढंगबाट सधैँका लागि समाधान गर्ने भन्ने विषयमा छलफल भयो । फर्टिलाइजरका विषयमा आगामी दिनमा समस्या नआउने गरी निष्कर्षमा पुग्दैछौँ ।’

मधेस प्रदेशमा पनि ८० प्रतिशत भन्दा बढी रोपाईं भइसकेको बताउनु भयो । अब मलखादको समस्या नहोस् भनेर सरकार लागिपरेको बताउनु भयो ।