काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विद्यालय शिक्षा विधेयक पास गर्न ढिलाई गरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले शिक्षा विधेयक ढिलाई हुनुको कारणबारे सरकारले स्पष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले शिक्षक महासंघसँग सरकारले गरेको प्रतिवद्धताअनुसार विधेयक पास नहुनु सरकारकै कमजोरी भएको आरोप समेत लगाउनु भयो । उहाँले खोक्रा कुरा गरेर सरकारको औचित्य पुष्टि नहुने उहाँको टिप्पणी छ । उहाँले सरकारले आफ्नो औचित्य पुष्टि गर्नको लागि सुशासनको प्रत्याभुतिदेखि जनता र राष्ट्रको हित हुने काम गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शिक्षक महासंंघर्ला हामीले असार १५ गतेभित्र शिक्षा विधेयक पास गर्ने भनेका थियौं । अहिले शिक्षा विधेयक कहाँ छ ? यसमा ढिलाई हुनुमा को जिम्मेवार हो ? जसको जवाफ दिन जरुरी छ । खोक्रा कुरा गरेर सरकारको औचित्य सावित हुदैन । यसरी सरकारको रक्षा कवच समेत बन्न सकिदैन । यस विषयमा सरकार गम्भीर बनोस् । ’
उहाँले सरकारको गैरजिम्मेवार व्यवहारका कारण कैलालीमा कैदिबन्दीबीच झडप भएको उल्लेख गर्दै कारागार सुधार कार्यविधि बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।









