२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभामा भ्रष्टाचार निवारण विधेयकको खोजि



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले भ्रष्टाचार निवारण विधेयकको खोजि गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद थापाले भ्रष्टाचार निवारणसम्बन्धी विधेयक कहाँ छ भन्दै प्रश्न गर्नुभएको हो ? उहाँले विधेयकको हालको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने कानूनलाई लुकाएर राख्न नहुने भन्दै तत्काल अघि बढाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाबाट पारित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानून अहिलेसम्म कहाँ छ ? कसरी अगाडि बढेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने चिजलाई सरकारले लुकाएर राख्ने हो कि यो अगाडि बढाउने हो । यो विषयमा तत्काल सदनलाई जानकारी चाहियो ।’

रष्ट्रिय सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको गरिएको थियो । समय समयमा सांसदहरुले यी विधेयकहरु सरकारले थन्क्याएर राखेको भन्दै प्रश्न उठाउने गरेका छन् ।