२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभामा भ्रष्टाचार निवारण विधेयकको खोजि



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले भ्रष्टाचार निवारण विधेयकको खोजि गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद थापाले भ्रष्टाचार निवारणसम्बन्धी विधेयक कहाँ छ भन्दै प्रश्न गर्नुभएको हो ? उहाँले विधेयकको हालको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने कानूनलाई लुकाएर राख्न नहुने भन्दै तत्काल अघि बढाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाबाट पारित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानून अहिलेसम्म कहाँ छ ? कसरी अगाडि बढेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने चिजलाई सरकारले लुकाएर राख्ने हो कि यो अगाडि बढाउने हो । यो विषयमा तत्काल सदनलाई जानकारी चाहियो ।’

रष्ट्रिय सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको गरिएको थियो । समय समयमा सांसदहरुले यी विधेयकहरु सरकारले थन्क्याएर राखेको भन्दै प्रश्न उठाउने गरेका छन् ।