४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’

इजलासमा रविले के भने ?

इजलासमा रविले के भने ?
अ+ अ-

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले मिति २०८१ चैत २२ मा गरेको आदेशमा मेरो चित्त नबुझी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ नम्बरबमोजिम दायर गरेको निवेदनउपर सुनुवाइ हुँदा सर्वोच्च अदालतबाट पनि आदेश सदर भई आएको र प्रस्तुत मुद्दामा धेरै प्रतिवादी रहेकामा धेरैजसो अझै फरार रहेका कारण यस अंदालतबाट उक्त मुद्दामा फैसला हुन लामो समय लाग्ने अवस्था विद्यमान छ।

अदालतको आदेशलाई शिरोपर गरी म रूपन्देही जिल्ला कारागारमा आएँ तर अन्य चार जिल्ला र तीन उच्च अदालतमा पनि मविरुद्ध यस्तै प्रकृतिका झुटा मुद्दा चलिरहेको हुनाले र मेरा अधिकांश कानुन व्यवसायी काठमाडौंमा रहनुहुने भएकाले काठमाडौंमै पनि मविरुद्ध झुटा मुद्दा चलिरहेको हुनाले मैले काठमाडौं डिल्लीबजार कारागार सरुवा गरी पाऊँ भनी कारागार कार्यालय रूपन्देहीमा निवेदन दिएको थिएँ। एउटा कैदीबन्दीकै रूपमा त्यो मेरो अधिकार पनि हो।

कारागार कार्यालय रूपन्देहीले स्थान अभाव देखाउँदै मेरो कारागार स्थानान्तरणका लागि सम्मानित रूपन्देही जिल्ला अदालतमा निवेदनसमेत दायर गरी सो निवेदनउपर स्थानान्तरणका लागि अदालतको आदेश पनि थियो।

सम्मानित अदालतको आदेशलाई मन्त्रालयको एउटा विभागले सजिलै लत्याएर अदालतको समेत मानमर्दन गर्‍यो। महिनौं लामो तथाकथित अनुसन्धान र त्यसपछिको जेलजीवनमा पनि म रवि लामिछानेले कहिल्यै कुनै अतिरिक्त सुविधा माग गरेको छैन।

ब्लड प्रेसर बढेर १८० पुग्दा पनि मैले अस्पतालको शय्या खोजी गरिनँ। म राज्यको षड्यन्त्रसँग आँखामा आँखा जुधाएर लड्न चाहन्छु, लुक्न चाहन्नँ। राज्य मप्रति कति प्रतिशोधी छ भन्ने बुझ्न ममाथि लगाइएका झुटा मुद्दाहरू नै सबैभन्दा ठुला प्रमाण हुन्।

मलाई राजनीतिक रूपमा सिध्याउन रचिएका षड्यन्त्रहरूविरुद्ध त म राजनीतिक रूपमै लडुँला तर मध्यरातमा चितवनबाट पोखरा लैजाँदादेखि अहिले भैरहवा कारागारमा मलाई राखिएको कोठासम्मका घटनाक्रमले म यो निष्कर्षमा पुगेको छु कि राज्य मलाई केवल राजनीतिक रूपमा मात्र होइन, शारीरिक रूपमा पनि गलाउने, सडाउने र सिध्याउने प्रयत्नमा छ।

नेपालमा अहिले हजारौं कैदीबन्दी होलान् तर सबैभन्दा सानो जेलको कोठरीमा बसेको बन्दी म नै हुँ। अहिले मलाई राखिएको रूपन्देही जिल्ला कारागारको ब्लक नम्बर ४ जम्मा ३५ बाइ १२ फुटको छ। झ्यालहरूमा काठ ठोकिएको छ। हावा कतैबाट पास हुने ठाउँ छैन। चौबिसै घण्टा बत्ती नबाली पर्याप्त उज्यालो छिर्दैन। छत चिसिन कम्तीमा रातको ११/१२ बज्नुपर्छ। शरीरमा लुगा लगाएर यो बन्दकोठामा कोही ३० मिनेट टिक्न सक्दैनन्। यो जेल होइन, अर्को रूपको गोलघर हो।

सरकार मलाई जानीबुझी यहीँ सडाउन चाहिरहेको छ, ताकि मलाई मानसिक र शारीरिक रूपमा समाप्त पार्न सकियोस्। मलाई खाली नेल ठोकिएको छैन तर ४२ डिग्री तापक्रममा यो कालकोठरी, मध्ययुगको यातनागृहभन्दा पनि बढी पीडादायी छ। अरू कैदीबन्दी सुत्न मात्र कोठाभित्र जान्छन् तर मेरा लागि यही कोठा नै सिंगो जेल हो।

सायद सरकार यो पनि चाहन्छ कि म यो कोठाभित्रको पीडाबाट मुक्तिका लागि प्रशासन गुहारूँ, ताकि मलाई अन्य पेसेवर अपराधी र कैदीहरूसमेत राखिएको यही कारागारको अर्को ब्लकमा सारी मेरो जीवन थप जोखिममा पार्न सकियोस्।

कारागारभित्रको मेरो कोठामा भएको एउटा पंखा केवल पंखा होइन, भगवान्को साक्षात् रूप हो तर बत्ती जाँदा यस कोठामा बत्ती मात्र जाँदैन, लगभग मेरो प्राण गएजस्तो हुन्छ। यस क्षेत्रमा दैनिक कति घण्टा बत्ती जान्छ भन्ने कुरा बिजुली अड्डाबाट डाटा सजिलै मगाउन सकिन्छ। म बसेको यो अवस्थाबारे थाहा नपाउने हरकोहीले भन्न सक्छ– अरू कैदीबन्दीलाई गर्मी नहुने तँलाई मात्र हुने? म दोहोर्‍याउन चाहन्छु, अरू कैदीबन्दीहरू सुत्ने बेलामा मात्र कोठामा गए पुग्छ। मेरा लागि यही कोठा नै सिंगो जेल हो।

म यस्तो यातनामा छु, जुन हेर्नेले देख्दैन, भोग्नेले सहन सक्दैन। तैपनि म लड्न तयार छु तर प्राण नै नरहे म कसरी लडुँला? मैले चित्रण गरेको मेरो अवस्थाका लागि म कुनै मानवअधिकारवादी संस्थालाई गुहार्न चाहन्नँ।

यो देशका धेरै संस्थाजस्तै मानवअधिकारवादी संस्थासमेतले आफ्नो सान्दर्भिकता र नागरिक विश्वाससमेत गुमाउँदै गइरहेका छन्। त्यसैले मानवअधिकार आयोगलगायतका संस्थासमेत प्रति मेरो विश्वास टुटिसकेको छ। तर न्यायालयप्रति मेरो विश्वास अझै दृढ छ। यही विश्वासका आधारमा म आफ्नो जीवन र अधिकारको रक्षा र आफूमाथिको षड्यन्त्रविरुद्ध लडिरहने निवेदन गर्छु।

सहकारी प्रकरणमा थुनामा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा न्यायाधीश नारायण सापकोटाको इजलासमा व्यक्त गर्नुभएको भनाई