३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

“मैले अझै बाँच्नुपर्छ’

“मैले अझै बाँच्नुपर्छ’
अ+ अ-

विराटनगर : विराटनगरस्थित जनपथ टोलबाट छिर्ने गल्लीभित्रको एउटा घरको अध्यारो र साँघुरो कोठा । ढोका खोल्नसाथ देखिन्छन् भित्तामा टाँसिएको पुरानो पात्रो, कुनामा थन्क्याइएको थोत्रो झोला, अनि असरल्ल मिल्किएका जिन्सका केही थान पाइन्ट र कुर्ताहरु । त्यही कोठामा चुपचाप बित्ने गर्छ एक महिलाको अधिकांश समय ।

केही समयअघि मात्र आफूलाई ‘एचआईभी पोजेटिभ’ भएको थाहा पाइन । त्यो जानकारीले एकपटक उनको पूरै जिन्दगी हल्लायो । उनी भताभुङ्ग भइन् । मनमा अनगिन्ती प्रश्नहरू काँडा झैँ गाडिरहेका थिए । “कसले दियो मलाई यो रोग ? अनि मबाट कसकसलाई स-यो होला ?’’ उनी कहिलेकाहीँ आक्रोश पोख्छिन् आफैँसँग । ‘‘दोषी म मात्रै हो त ?’’ मनमा कुरा खेलाउँदै भन्छिन्, “हरेक पटक कण्डम मात्र प्रयोग गराएको भए म सङ्क्रमित हुने थिइन, म भई हाले पनि मबाट अरुलाई त सर्दैनथ्यो कि !’’

आठ वर्षअघि उनी काठमाडौंँ जाँदा उनी २४ वर्षकी थिइन् । त्यतिबेला उनीसँग सुखी र खुसीसाथ बाँच्ने सपना मात्र थियो, त्यति ठूलो सपना केही थिएन । अझ भनौँ दुई छाक खान पाइने, इज्जतले बाँच्न पाइने जीवनको मात्रै । चिनजानका मान्छेले फर्निचर पसलमा काम लगाइदिए । साहुले उनको कमजोर अवस्था देखे । बाबु नभएको, घरको सबै जिम्मेवारी उनको काँधमा भएको । सुरुमा निकै सहानुभूति देखाए, तलबबाहेक सानोतिनो आर्थिक सहयोग पनि गरे ।

सोझी महिला, सहजै विश्वास गरिन्, साहुको व्यवहारलाई ‘दयालु’ ठानेर सबै कुरा स्वीकारिन् । तर समयसँगै उनले बुझिन् त्यो व्यवहारभित्र लुकेको स्वार्थ । विस्तारै त्यो ‘सहयोग’ शरीरमा अधिकार जमाउने बाटो बन्यो । त्यो वातावरण उनलाई सह्य भएन, उनले विस्तारै प्रतिकार गर्न थालिन् । साहुले विस्तारै तलब पनि दिन छाडे, सम्मान झनै दिएनन् । त्यहीँबाट सुरु भयो उनको लडाइँ, उनले फर्निचर पसलको काम त्यागिन् ।

रेष्टुरेण्टदेखि डान्सबारसम्म

फर्निचर पसलको काम छोडे पनि कामको आवश्यकता भने अझै उस्तै थियो, बरु बढेको थियो । कोठाभाडा तिर्नुपथ्र्यो, बहिनीहरूको स्कुलको शुल्क, किताब कापीदेखि घर खर्चको जिम्मेवारी उनको काँधमा यथावत थियो ।

एक चिनजानको साथीमार्फत उनी एउटा रेष्टुरेण्टमा काम गर्न थालिन् । त्यो रेष्टुरेण्टसँगै डान्सबार सञ्चालनमा थियो । “सुरुमा त वेट्रेसको काम हुने सोचेकी थिएँ”, उनी सम्झिन्छिन्, “तर विस्तारै थाहा भयो, रेष्टुरेण्टको सिफ्ट सकेपछि, ग्राहकलाई ‘मनोरञ्जन’ दिनुपर्ने बाध्यता रहेछ ।” नेपालका ९० प्रतिशत डान्सबारमा काम गर्ने केटीहरूलाई कसरी यौनपेसामा लाग्न बाध्य पारिने गरेको उनको दाबी छ । उनी भन्छिन््, “रक्सी खुवाइन्छ, होस गुमाइन्छ, अनि होस् आउँदा शरीर लुटिइसकेको हुन्छ ।

एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि हिजोआज कहिलेकाहीँ आफ्नो कारण अर्काको जीवन बर्बाद भएकामा उनी नराम्ररी पिरोदिने गर्छिन् । “कसैको श्रीमती, कसैको आमा, कसैको छोरी सम्झन्छु म, उनी भन्छिन्, “तर म भत्किसकेपछि त्यसको मूल्य म मात्रै किन तिर्नु रु“

यो अवस्था आउनुमा आफ्नो मात्रै दोष होइन भन्ने कुरा विस्तारै बुझ्न थालेकी छिन् । उनी भन्छिन्, “नैतिकताको दोष किन सधैँ महिलामाथि मात्रै लाग्ने गर्छ रु चरित्र भन्ने शब्द समाजले महिलामाथि मात्रै किन प्रयोग गर्छ रु म जस्तै महिला रेष्टुरेण्टमा काम गर्न पुगिन् भने ‘भड्का’ भनिन्छ, तर त्यहाँ गएर रक्सी खाएर यौनको सौदा गर्ने पुरुषको चरित्रमाथि किन कसैले प्रश्न उठाउँदैन रु “उनी एकैपटक धेरै प्रश्न थुर्पादै भन्छिन्, “यौनकर्मीको ग्राहक पुरुष नै हुन् । तर किन दोषी ठहरिन्छन् महिला मात्रै रु“

एनजिओ र आइएनजिओप्रति वितृष्णा

तपाईहरुको क्षेत्रमा काम गर्ने यत्तिका धेरै सस्था छन्, सहयोग पाउनुभएन रु प्रश्न नसकिँदै उनले प्रतिक्रिया दिइन्, “सहयोग पाउन पाए पनि त्यो साँचो हुँदैन जस्तो लाग्छ मलाई ।” ती संस्था साँच्ची कै आफूहरुको पीडा बुझ्छन् र सहयोग गर्छन् भन्ने कुरामा उनलाई पटक्कै विश्वास छैन । समाजले महिला र पुरुषलाई हेर्ने हरेक दृष्टिकोण विभेदपूर्ण र पूर्वाग्रही रहेको उनको ठम्याइ छ ।

उनी भन्छिन्, “हामी जस्तो यौनकर्मी महिला एचआइभी सङ्क्रमित भएको खबरले मात्र ती संस्थाहरूको ‘फण्ड’ आउँछ भन्ने हुन्छ । मिडियामा त हामीलाई देखाएर, हाम्रो कहानी सार्वजनिक गरेर आफूहरूको काम देखाउन खोज्छन् । तर के हामीलाई त्यो सार्वजनिक भएपछि हाम्रो परिवारको जिम्मा कसैले लिन्छ रु हाम्रो बच्चाको शिक्षा, हाम्रो दैनिकीको समस्या कसैले हेर्छ रु” उनले भक्कानिँदै थपिन्, “मान्छे भएर होइन, एउटा आँकडा, एउटा विषय भएर मात्रै हाम्रो गणना हुन्छ । के कसैले हाम्रो आत्मसम्मान बुझ्नेछ रु हाम्रो गरिमालाई सम्मान गर्ने कोही छ रु”

नियमित औषधि सेवनले लामो जीवन जीउन सकिन्छ

एचआईभी सङ्क्रमित भएको थाहा पाएपछि उनलाई आफ्नो जीवन समाप्त भए जस्तै लाग्यो । समाजका पीडादायी शब्द, अपमानले उनलाई आफू असहाय महसुस भयो । धेरैपटक देहत्याग गरौँ कि भन्ने सोच पनि आयो, तर परिवारको जिम्मेवारीले उनलाई त्यसो गर्न दिएन । नियमित औषधि सेवन गरेपछि बाँच्न सकिन्छ भन्ने थाहा पाएपछि मनमा बाँच्ने चाह बढ्न थाल्यो ।

एचआईभीलाई जीवनको अन्त्य होइन भन्ने उनले बुझ्न थालिन् । आजकल मानिसहरूले रक्तचाप, मधुमेह जस्ता दीर्घरोगको औषधि नियमित रूपमा खाए जस्तै एचआईभी सङ्क्रमितले पनि नियमित औषधि सेवन गरे रोग ठीक हुन्छ भन्नेमा उनी ढुक्क छिन् । सकारात्मक सोच, परिवार र साथीहरूको समर्थन र सामाजिक स्वीकारोक्तिले हरेक सङ्क्रमितलाई नयाँ ऊर्जा दिन्छ भन्नेमा उनी विश्वस्त छिन् ।

समाजले यौनकर्मी महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नसक्ने हो भने यसले भयावह रूप लिन सक्ने उनको धारणा छ । उनी भन्छिन्, “समस्याको मूल यौनकर्मी महिला मात्रै होइनन्, उनीहरूका उपभोक्ता पुरुष पनि हुन् । यसबारे समयमै ध्यान नदिने हो भने भोलि सिङ्गो समाज नै सङ्क्रमित हुनसक्छ ।”  रासस