२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक विकास वित्त परिचालन आइटी क्षेत्रमा पनि गर्नुपर्छः विराजभक्त श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि सरकारले बनाउन लागेको कानूनमा आइटी क्षेत्रलाई समेट्नुपर्ने बताउनुभएको छ ।

अर्थ समितिमा सोमवार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उहाँले विधेयकले आइटी क्षेत्रलाई समेट्न नसकेको भन्दै आपति जनाउनुभएको हो । अहिले भइरहेका संरचनाहरुले गरिरहेकै क्षेत्रमा वैकल्पिक वित्त परिचालन गर्न जरुरी नरहेको समेत उहाँको भनाई छ । विधेयक पुरातन सोचबाट आएको उहाँको आरोप छ ।

सांसद् श्रेष्ठले भन्नुभयो– ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि सरकारले बनाउन लागेको यो कानूनले आइटीलाई छोएको देखिएन । पुरातन शैलीको सोचबाट विधेयक ल्याएको देखियो । यसरी  विधेयक ल्याएर हुँदैन । आइटी क्षेत्रलाई समेट्नुपर्छ ।  वैकल्पिक वित्त परिचालनको क्षेत्रमा जुनकुराहरु राखिएको छ, ती अहिलेकै संरचनाबाटै गर्न सकिन्छ भने छुट्टै संरचना किन आवश्यक प¥यो । सरकारले स्पष्ट पार्नुपर्छ ।’

उहाँले टे«जरीबाहेकका क्षेत्रबाट स्रोत जुटाएर गरिने लगानीको जोखिमबारेमा समेत विधेयकले सोच्नुपर्नेमा जोड दिनुभयो ।