२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

मृतकका परिवारलाई प्रदेश सरकारले पाँच लाख सहयोग गर्ने

मृतकका परिवारलाई प्रदेश सरकारले पाँच लाख सहयोग गर्ने
अ अ+ अ-

सुदूरपश्चिम:सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परी मृत्यु भएका धनगढीका भरत चौधरीको परिवारलाई रु पाँच लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

हिजो साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सुरक्षा समितिको बैठकले सो निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपका क्रममा घाइते भएकालाई सरकारी खर्चमा उपचारको व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।

यसैगरी कारागारभित्र होलोजन लाइट, सिसि क्यामरा जडान गर्ने, कारागारकोे मर्मत सम्भार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल सुरु गर्ने, कारागारको सुरक्षाका लागि आवश्यक उपकरण तथा साधनको व्यवस्थापन गर्ने निर्णय गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कारागार ऐनमा आवश्यक सुधारका लागि नेपाल सरकारसँग आग्रह गर्ने, क्षमताभन्दा बढी कैदीबन्दी राखिएको कारण सुरक्षा चुनौती देखिँदा यसको न्यूनीकरणका लागि कारागार विभागसँग समन्वय गर्ने, मन्त्रालय र कारागारले आपसमा समन्वय गरी कारागारभित्र कैदीबन्दीलाई मनोवैज्ञानिक परामर्शका साथै सकारात्मक सोचको विकास गर्ने कार्यक्रम सञ्चालन गर्नेलगायतका निर्णय गरिएको हो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की, प्रदेशस्थित तीन वटै सुरक्षा निकायका प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी र कारागार शाखाका प्रमुख, राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीलगायतको सहभागिता थियो ।रासस