२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

कैलाली कारागारको अवस्था सामान्य बन्दै

कैलाली कारागारको अवस्था सामान्य बन्दै
अ अ+ अ-

सुदूरपश्चिम। कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः सामान्य बन्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति एक कैदीको मृत्यु र ४७ जना घाइते हुने गरी भएको झडपपछि उत्पन्न परिस्थिति सामान्य बन्दै गएको जनाएको हो ।

उक्त घटनाको छानबिन गर्न गठित समितिका सदस्य सचिव एवं प्रशासकीय अधिकृत शिवराज जोशीले अवस्था सामान्य बन्दै गएको र घटनाको पुनरावृत्ति हुन नपाओस् भनेर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगको टोलीको सहजीकरणमा आज कारागारका कर्मचारी र प्रहरीसहितको टोलीले कारागारभित्रका कैदीबन्दीको अवस्था र सङ्ख्या यकिन गरेर फर्किएको उहाँले बताउनुभयो ।

आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख प्रकाशदत्त भट्टले कारागार भित्र ‘ए’ ब्लक र ‘बि’ ब्लकमा बसेका कैदीबन्दीको अवस्थाबारे जानकारी लिई सङ्ख्या यकिन गर्नुका साथै अन्य जानकारी लिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“कैदीबन्दीको स्थानान्तरण गर्दा सम्बन्धित परिवारलाई जानकारी नदिएर आफूखुसी गर्ने गरिएको गुनासो छ । यसबाहेक क्षमताभन्दा बढी कैदीबन्दी राख्दा देखिएको समस्या समाधान गरिनुपर्ने, भित्र राखिने प्राविधिक सामानको चेकजाँच गर्ने मेसिनको व्यवस्था र तोकिएको दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।”

प्रदेश कार्यालय प्रमुख भट्टले कैदीबन्दीले दिएको निवेदनबमोजिम आयोगले यही साउन १९ गते कैदीबन्दीको मानवअधिकारका लागि सरकारको ध्यानाकर्षण गराएको समेत जानकारी दिनुभयो । त्यसअनुसार आवश्यक कदम नचाल्दा समस्या उत्पन्न भएको जनाइएको छ ।

शुक्रबार भएको झडपबाट घाइते भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा गम्भीर घाइते भएका दुई जनाको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । गम्भीर घाइते अर्का एक जनालाई शनिबार नै थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।

अन्य घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव परिवारले बुझ्न मानेका छैनन् । मृतकका परिवारले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरिरहेका छन् ।

कारागारमा गएको बिहीबार पनि कैदीबीच हानाहान भएको थियो । त्यसअघि गत असार २८ गते पनि कारागारमा कैदीबीच कुटाकुट भएको थियो । घटनालगत्तैै कारागारभित्र प्रवेश गर्ने बन्दीगृहमा ताला लगाएर कसैलाई पनि प्रवेश गर्न नदिएका कैदीबन्दीले आज भने आयोगको टोलीसहित सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएका छन् ।

यहाँ घटनापछि बिहीबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली कारागारमा घटेको घटनाका बारेमा छलफल गर्न अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीसँग छलफल गरिरहनुभएको जनाइएको छ । रासस