२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनेन्द्र रिजालको टिप्पणीः एक चीन नीतिबाट बुरुक्क उफ्रिएर सरकारले एक चीन सिद्धान्तका रुपमा अघि बढायो



अ+ अ-

काठमाडौं ।काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य नहुने बताउनुभएको छ ।

काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल कुनैपनि देशमाथि हुने आतंकवादी आक्रमणको विपक्षमा रहने बताउनु भयो । उहाँले नेपालको भूमि आतंकवादी गतिविधिका लागि कहिल्यै पनि प्रयोग गर्न नदिइने स्पष्ट पार्नुभयो । उहाँले नेपालले छिमेकी देश चीनसँग पनि एक चीन नीतिमा स्पष्ट रहेको बताउनु भयो । उहाँले नेपालका केही सरकारले एक चीन नीतिबाट एक चीन सिद्धान्तकै रुपमा अघि बढाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि बहानामा भारतमाथि हुने आतंकवादी आक्रमण, भारतमात्रै होइन अन्य देशहरुमाथि पनि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य हुँदैन । नेपालको भूमि आतंकवादका लागि प्रयोग गर्न दिइँदैन । आतंकवादी गतिविधिका लागि हामी नेपालको कुनैपनि भूमि प्रयोग हुन दिँदैनौँ । अरु गतिविधिका लागि पनि हामी नेपाली भूमि प्रयोग हुन दिँदैनौँ । एक चीन नीति…। अहिले त कुनै कुनै सरकारले त एक चीन सिद्धान्त नै भनेका छन् । नीतिबाट पनि बुरुक्कै उफ्रिएर । कुनैपनि मित्रराष्ट्रको अहितका लागि भूमिका प्रयोग हुन दिँदैनौँ ।’

नेता रिजालले नेपालको हित चाहने कुनैपनि नेपालीले भारतसँगको सम्बन्धमा कुनैपनि सानो दरार आउने गरी कुनै सम्बन्ध राख्न नसक्ने जिकिर गर्नुभयो । नेपाल र भारतको सम्बन्धको मूल्यमा कसैसँग पनि केही सम्बन्ध नहुने बताउनु भयो ।