२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनेन्द्र रिजालको टिप्पणीः एक चीन नीतिबाट बुरुक्क उफ्रिएर सरकारले एक चीन सिद्धान्तका रुपमा अघि बढायो



अ+ अ-

काठमाडौं ।काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य नहुने बताउनुभएको छ ।

काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल कुनैपनि देशमाथि हुने आतंकवादी आक्रमणको विपक्षमा रहने बताउनु भयो । उहाँले नेपालको भूमि आतंकवादी गतिविधिका लागि कहिल्यै पनि प्रयोग गर्न नदिइने स्पष्ट पार्नुभयो । उहाँले नेपालले छिमेकी देश चीनसँग पनि एक चीन नीतिमा स्पष्ट रहेको बताउनु भयो । उहाँले नेपालका केही सरकारले एक चीन नीतिबाट एक चीन सिद्धान्तकै रुपमा अघि बढाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि बहानामा भारतमाथि हुने आतंकवादी आक्रमण, भारतमात्रै होइन अन्य देशहरुमाथि पनि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य हुँदैन । नेपालको भूमि आतंकवादका लागि प्रयोग गर्न दिइँदैन । आतंकवादी गतिविधिका लागि हामी नेपालको कुनैपनि भूमि प्रयोग हुन दिँदैनौँ । अरु गतिविधिका लागि पनि हामी नेपाली भूमि प्रयोग हुन दिँदैनौँ । एक चीन नीति…। अहिले त कुनै कुनै सरकारले त एक चीन सिद्धान्त नै भनेका छन् । नीतिबाट पनि बुरुक्कै उफ्रिएर । कुनैपनि मित्रराष्ट्रको अहितका लागि भूमिका प्रयोग हुन दिँदैनौँ ।’

नेता रिजालले नेपालको हित चाहने कुनैपनि नेपालीले भारतसँगको सम्बन्धमा कुनैपनि सानो दरार आउने गरी कुनै सम्बन्ध राख्न नसक्ने जिकिर गर्नुभयो । नेपाल र भारतको सम्बन्धको मूल्यमा कसैसँग पनि केही सम्बन्ध नहुने बताउनु भयो ।