२३ मंसिर २०८२, मंगलवार
,
Latest
सिरहाका चारवटै क्षेत्रमा कांग्रेसको उम्मेदवार सिफारिस मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’ इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि विधेयकमाथिको छलफलमा सांसदहरुमाथि खनिए मन्त्री अधिकारीः पूर्व सहमतिबाट पछि हटेर अनावश्यक विवाद सिर्जना नगर्नूस्



अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भूमिसम्बन्धी विधेयकमाथिको दफावार छलफलमा सांसदहरुमाथि नै खनिएका छन् ।

आईतवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा मन्त्री अधिकारीले सांसदहरूले पूर्व सहमतिबाट पछि हटेर अनावश्यक विवाद सिर्जना गर्न खोजेको आरोप लगाउनु भयो ।

विधेयकको केही प्रावधानमा सांसदहरूले फेरि प्रश्न उठाएकोप्रति उहाँले आपत्ति जनाउनु भयो । सिरानको विषयलाई पुछारको विषयसँग जोडेर विवाद सिर्जना नगर्न समेत उहाँले आग्रह गर्नुभयो । मन्त्री अधिकारीले विधेयकमाथि व्यवस्थित छलफल हुन नसकेको भन्दै  असन्तोष समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सिरानको विषयमा छलफल भएको छ । पुछारको कुरा जोडिदिएको छ । यस्तो गरेर यो विधेयकको टुंगो पनि लाग्दैन र हामी सबल पनि देखिदैनौं । यो कुराहरुमा माननीयज्यूहरुको ध्यान जान जरुरी छ । के के कुरा गर्ने र के के कुरा नगर्ने भन्ने विषय हामीले अस्तिको छलफलमा टुंग्याइसकेका छौं । त्यसका आधारमा सम्बन्धीत पक्षले एउटा प्रश्ताव लिएर आउनुहोस् भनेको आधारमा आएको विषय नै सरकारले लिएर आएको छ । अस्वीकार गर्ने र आज आएर भएन भनेर फेरि अर्को प्रश्न खडा गर्ने ? कुराले व्यवस्थित छलफल भएको भन्ने बुझिन्न । भाषागत कुरामा ध्यान जान जरुरी छ ।’

विधेयकले गरेका व्यवस्थामा सैद्धान्तिक छलफलमा नै सहमति भइसकेको उल्लेख गर्दै उहाँले दफावार छलफलका क्रममा भाषागत विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।