२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

भूमि विधेयकमाथिको छलफलमा सांसदहरुमाथि खनिए मन्त्री अधिकारीः पूर्व सहमतिबाट पछि हटेर अनावश्यक विवाद सिर्जना नगर्नूस्

भूमि विधेयकमाथिको छलफलमा सांसदहरुमाथि खनिए मन्त्री अधिकारीः पूर्व सहमतिबाट पछि हटेर अनावश्यक विवाद सिर्जना नगर्नूस्
अ अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भूमिसम्बन्धी विधेयकमाथिको दफावार छलफलमा सांसदहरुमाथि नै खनिएका छन् ।

आईतवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा मन्त्री अधिकारीले सांसदहरूले पूर्व सहमतिबाट पछि हटेर अनावश्यक विवाद सिर्जना गर्न खोजेको आरोप लगाउनु भयो ।

विधेयकको केही प्रावधानमा सांसदहरूले फेरि प्रश्न उठाएकोप्रति उहाँले आपत्ति जनाउनु भयो । सिरानको विषयलाई पुछारको विषयसँग जोडेर विवाद सिर्जना नगर्न समेत उहाँले आग्रह गर्नुभयो । मन्त्री अधिकारीले विधेयकमाथि व्यवस्थित छलफल हुन नसकेको भन्दै  असन्तोष समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सिरानको विषयमा छलफल भएको छ । पुछारको कुरा जोडिदिएको छ । यस्तो गरेर यो विधेयकको टुंगो पनि लाग्दैन र हामी सबल पनि देखिदैनौं । यो कुराहरुमा माननीयज्यूहरुको ध्यान जान जरुरी छ । के के कुरा गर्ने र के के कुरा नगर्ने भन्ने विषय हामीले अस्तिको छलफलमा टुंग्याइसकेका छौं । त्यसका आधारमा सम्बन्धीत पक्षले एउटा प्रश्ताव लिएर आउनुहोस् भनेको आधारमा आएको विषय नै सरकारले लिएर आएको छ । अस्वीकार गर्ने र आज आएर भएन भनेर फेरि अर्को प्रश्न खडा गर्ने ? कुराले व्यवस्थित छलफल भएको भन्ने बुझिन्न । भाषागत कुरामा ध्यान जान जरुरी छ ।’

विधेयकले गरेका व्यवस्थामा सैद्धान्तिक छलफलमा नै सहमति भइसकेको उल्लेख गर्दै उहाँले दफावार छलफलका क्रममा भाषागत विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।