२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै होइनः सभपति देउवा



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले लैङ्गिक संवेदनशीलताको विषय समग्र सामाजिक रुपान्तरणको एक महत्वपूर्ण विषय भएको बताउनु भयो । यसमा सबै संवेदनशील बन्ने हो भने मात्रै सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताउनु भयो । लोकतान्त्रिक समाजवादसँग आवद्ध दलहरु, राजनीतिज्ञहरु, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिने पनि बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘लैङ्गिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन । यो समग्र सामाजिक रुपान्तरणको एक महत्वपूर्ण विषय पनि हो । हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिन्छ । लोकतान्त्रिक समाजवादसँग आवद्ध दलहरु, राजनीतिज्ञहरु, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिन्छ । लैङ्गिक संवेदनशीलताको सुझावहरुलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ ।’

सभापति देउवाले लैङ्गिक संवेदनशीलताका विषयलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने बताउनु भयो ।