१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देही-३ मा उम्मेदवार हुन इच्छुक ९ जनासँग सामूहिक छलफल गर्दै रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्न निवेदन दिएका ९ जनासँग छलफल गर्ने भएको छ ।

रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न आह्वान गरेको थियो । उम्मेदवार हुन इच्छुकमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा।लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार हुन आकांक्षा राख्दै रास्वपामा आवेदन दिएका थिए।

पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार हुन आकांक्षा राखेका ९ जनासँग सामूहिक छलफल गर्न लागेका हुन् । आइतबार पार्टी केन्द्रीय कार्यालय चस्मतिमा दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म छलफल हुने आचार्यले बताए । छलफलको अवलोकन कोषाध्यक्ष लिमा अधिकारी, लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गर्नेछन् ।

रुपन्देही–३ मा अगामी कात्तिक–१७ गते प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदै छ ।