२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीबाट गाईजात्रा पर्वको शुभकामना



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै ‘गाईजात्राले मृत्यु शोकमा रहेका परिवारलाई सान्त्वना र सामाजिक सद्भावको सन्देश दिओस्’ भन्ने आशा व्यक्त गर्नुभएको छ।

उहाँले मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु भई प्रताप मल्लको शासनकालदेखि देशभर मनाउन थालिएको यस पर्वको सुरुवात मृत्यु शोकमा रहेका परिवारलाई सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिने उद्देश्यले भएको उल्लेख गर्नु भएको छ। ‘आज गाईजात्रा पर्व, मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु भएको यस पर्वलाई प्रताप मल्लको समयदेखि देशैभर मनाउन थालिएको थियो, मृत्यु शोकमा रहेका परिवारले आ-आफ्ना घरबाट गाईजात्रा निकाल्नु पर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुवात भएको मानिन्छ’, सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्रीले दिनुभएको सन्देशमा लेखिएको छ ।

गाईजात्रा सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको भए पनि समय क्रममा यसले हास्यव्यङ्ग्य र स्वस्थ मनोरञ्जनको स्वरूप पाएको उहाँको भनाइ छ। ‘सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको याे पर्व समय क्रममा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको पाइन्छ, ई जात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस्, यस पर्वलाई व्यङ्ग्य विनोदका रूपमा मनाउनेहरूलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस्,सबैलाई गाइजात्राको हार्दिक शुभकामना !’, उहाँले लेख्नु भएको छ ।