५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकार्पणपछि ‘विजयिनी’माथि विमर्श



अ+ अ-

काठमाडौँ। लेखिका दिपा दाहालद्वारा लिखित कथासङ्ग्रह ‘विजयिनी’को आज लोकापर्णपछि लेखक तथा स्रस्टाहरूबीच विमर्श गरिएको छ ।

कवि तथा लेखक कुन्ता शर्मा, उपप्राध्यापक डा अस्मिता विष्ट र लेखक दिपा दाहालले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको प्रकाशक साङ्ग्रिला बुक्सले जानकारी गराएको छ । प्रकाशन गरेको यो कथा सङ्ग्रह लेखक दाहालको पहिलो कृति हो ।

कवि तथा लेखक कुन्ता शर्माले ‘विजयिनी’विचार र शिल्प दुवै कोणबाट उत्कृष्ट कथाको सङ्गालो भएको बताउनुभयो । उहाँले दाहालका कथामा समाजको दुरुस्त चित्रण भएको बताउँदै लेखकले पहिलो कृतिमै गम्भीर लेखनको अभाष दिनु उल्लेख्य रहेको बताउनुभयो । शर्माले ‘विजयिनी’का कथामा बिपीका कथामा जस्तै समाजको सुक्ष्म र रोचक चित्रण गरिएको उल्लेख गर्नुभयो ।

उपप्राध्यापक डा विष्टले दाहालका कथाका पात्रहरूले विभेद् र हिंसाको यथास्थिति अस्विकार गर्ने विद्रोही भएका जनाउँदै लेखकले पुरुष मनोविज्ञान र आदिवासी संस्कृतिसमेत रोचक तरिकाले प्रस्तुत गर्नुभएको बताउनुभयो । उहाँले यो पुस्तक विशेषतः युवा पाठकले नेपाली समाजमा महिलाको अवस्था बुझ्न पढ्नैपर्ने कृति भएको उल्लेख गर्नुभयो ।

आफ्नी हजुरआमाले सुनाएका कथाले आफूमा लेखकीय भाव जागृत भएको जनाउँदै लेखक दाहालले आफूले कथामार्फत् समाजको यथार्थतालाई विद्रोहको स्वर दिएको बताउनुभयो । रासस




भर्खरै