३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा छ किलो चार सय ग्राम अवैध सुनसहित ११ भारतीय नागरिक पक्राउ



अ+ अ-

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले ६ किलो ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई शुक्रबार पक्राउ गरेको छ। उनीहरूको साथबाट पाँच लाख १४ हजार ६ सय ६५ रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा अवैध सुन–चाँदीको कारोबार भइरहेको शंका लागेपछि पोखरा महानगरपालिका–२, ३, ४ र ९ का विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारत महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, कोलकत्ताका ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूबाट ५४९ तोला ४० लाल सुन र ४४४ तोला ७३ दशमलव ९ लाल चाँदी बरामद भएको छ। पक्राउ परेकाहरुलाई बरामद सुन, चाँदी र नगदसहित थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरीको भनाइ छ। यसअघि पनि प्रहरीले अवैध सुन–चाँदीसहित भारतीय नागरिकलाई पटक–पटक पक्राउ गरेको छ।