२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलाको व्यास पुग्यो नेपाली सेना



अ+ अ-

नेपाल सरकारले गएको वैशाख १४ गते गरेको निर्णयअनुसार महाकाली करिडोर दार्चुला टिंकर सडक योजनाअन्तरगत उत्तरीतर्फ रहेको ८७ किलोमिटर सडक खण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेको छ । सो सडक खण्डअन्तर्गत पर्ने दार्चुलाको व्यास गाँउपालिका–२ स्थित घाँटीबगर इलाकामा करिब २ मिटर चौडाइको ४ सय ५० मिटर गोरेटो र घोडेटो बाटो निर्माणका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको सामान घाँटीबगर नजिकको थीमा नेपाली सेनाको एक सेक्सन फौज तैनाथ भएको छ । साथै बाटो निर्माण कार्यका लागि दक्ष प्राविधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली भोलि तैनाथ गर्ने नेपाली सेनाले जनाएको छ ।

चीन र भारतको सीमानाकासमेत पर्ने दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरू र टिंकर गाउँका करिब १ सय ८२ घर–परिवारको करिब १ हजार २ सय जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवत–जावत गर्नका लागि व्यास गाउँपालिका–२ मा पर्ने मौरीभीरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकाले आवत–जावत गर्न समस्या भएको तथा स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएको भन्दै सेनाले त्यहाँ बाटो निर्माण गर्न लागेको हो ।

घाँटीबगर र मौरीभीरमा पर्ने ४ सय ५० मिटर सडक खण्ड सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भएबमोजिम सडक खण्ड निर्माणका लागि नेपाली सेनाको प्राविधिक जनशक्तिसहित थीमा तैनाथ गर्ने योजनाअनुरूप सो फौज तैनाथ भएको सैनिक मुख्यालयले जनाएको छ । नेपाल सरकारबाट प्राप्त कुनै पनि जिम्मेवारीलाई पूर्ण प्रतिबद्धताका साथ सम्पन्न गर्दै आएको नेपाली सेनाले संविधानको मर्म र भावनाअनुरूप नेपालको विकास निर्माणको क्षेत्रमा प्राप्त जिम्मेवारीलाई समेत उपलब्ध स्रोत साधन, जनशक्ति र प्राविधिक विज्ञताको पूर्णतया उपयोग गर्दै यथासम्भव छिटो सम्पन्न गर्नेतर्फ आवश्यक कारबाही तत्काल अगाडि बढाउने सेनाले जनाएको छ । नेपाल समाचारपत्र दैनिक