२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले गुल्मीले मुसिकोट उपप्रमुख गंगा श्रेष्ठलाई गर्‍याे निलम्बन



अ+ अ-

रुपन्देही। नेकपा एमाले गुल्मीले मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठलाई पार्टी सदस्यबाट एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

जिल्ला कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख चक्रबन्दु भुसालका अनुसार पार्टी पदाधिकारीको बैठकले सो निर्णय गरेको हो। गत असार २९ गते पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा श्रेष्ठसँग स्पष्टीकरण मागिएको थियो।

उनले असार ३२ गते जवाफ बुझाए पनि जिल्ला कमिटीले उक्त स्पष्टीकरण असन्तोषजनक भएको ठहर गरेको भुसालले बताए। मुसिकोट नगरकमिटीको सिफारिस र थप अध्ययनपछि कारबाही गरिएको उनको भनाइ छ।

कारबाही पत्रमा विस्तृत विवरण उल्लेख नगरिए पनि, विभिन्न विषयमा कमजोरी देखिनुका साथै सचेत गराउँदा पनि कार्यान्वयन नभएको कारण यस्तो निर्णय लिइएको भुसालले स्पष्ट पारे।

श्रेष्ठले यसअघि नगरको बजेट निर्माण प्रक्रियामा आफूलाई बाइपास गरिएको भन्दै नेतृत्वको आलोचना गरेकी थिइन्। उनले भनिन्, “नगरमा बोलेको कुरा पार्टीको होइन, मेयरको कार्यशैलीविरुद्धको हो। त्यसैले कारबाही भए पनि सहन्छु।”

आफूलाई आधिकारिक कारबाही पत्र अझै प्राप्त नभएको जनाउँदै श्रेष्ठले पार्टी नछोड्ने स्पष्ट पारिन्। “मैले नगरभित्र पदको अधिकार मात्र खोजेको हो, त्यो पार्टीलाई मन नपरेको हुनसक्छ,” उनले भनिन्। श्रेष्ठ नेकपा एमाले गुल्मीको जिल्ला सदस्य रहिएकी थिइन्।