१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीले तीनवटा निष्कृय प्रहरी कुकुर बिक्री गर्ने



जर्मन शेफर्ड कुकुर
अ+ अ-

काठमाडौं: नेपाल प्रहरी मातहतको केनाइन कार्यालय, महाराजगंजमा रहेका तीन वटा निष्कृय प्रहरी कुकुर वितरण गरिने भएको छ ।

सो कार्यालयले सात दिनको म्याद राखी यही साउन २१ गते सूचना प्रकाशन गरेको छ । वितरण गरिने कुकुरहरुमा ८ वर्षकी बिजुली नाम दिइएको जर्मन शेफर्ड (खोजी तथा उद्धार), ११ वर्षको मोती नाम गरेको गोल्डेन रिट्रिभर (लागू औषध खोजी तथा पहिचान) तथा ९ वर्षको म्याक नाम दिइएको जर्मन शेफर्ड (बिस्फोटक पदार्थ खोजी एवं पहिचान) रहेका छन् ।

यी कुकुरमध्ये बिजुलीको मूल्य रु. पाँच हजार, मोतीको रु. चार हजार र म्याकलाई रु. ४ हजार पाँच सय राखिएको छ ।

यी कुकुरहरु नेपाल प्रहरीका बहालबाला कर्मचारी, पूर्व प्रहरी कर्मचारी, इच्छुक दाता र अन्य सर्वसाधारण व्यक्तिलाई प्राथमिकताका आधारमा बिक्री गरिने पनि केनाइन कार्यालयको सूचनामा उल्लेख छ ।