१ भाद्र २०८३, सोमबार
,
Latest
सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नालाको भुक्तानीमा एक लाख घुस लिएको आरोपमा कल्याणपुरका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

सिरहा । नालाको भुक्तानी दिनेक्रममा घुस लिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कल्यापुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर तेलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यसअघि बर्दिबास कार्यालयबाट खटिएको अख्तियारको टोलीले साहलाई बिचौलियामार्फत घुस लिएको रकमसहित नियन्त्रणमा लिएको थियो । उजुरी निवेदनका आधारमा थप अनुसन्धान गर्दै जाँदा मेयर साहले कल्याणपुर नगरपालिका–६ स्थित पक्की नालाको निर्माणपश्चातको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको हो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप एक लाख रुपैयाँ बिगो कायम गरी जरिबाना र कैद सजायको माग गर्दै आरोप पत्र दायर गरिएको छ ।