२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली लक्षित माधव नेपालको कटाक्षः १६ वर्षमै बच्चा जन्माए पुरस्कार दिन बेर छैन



फाइल फोटो
अ+ अ-

काठमाडौं; नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिनसक्ने टिप्पणी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गर्नुभएको भन्दै अझ १६ वर्षमै सन्तान जन्माए झनै खुशी हुने र पुरस्कार दिनसक्ने कटाक्ष गर्नुभयो । केही समय अघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गर्नुभएको थियो । सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले यस्तो टिप्प्णी गर्नुभएको हो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुशी नै होलान् । पुरस्कार दिन बेर छैन । तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन् ।’

अध्यक्ष नेपालले संसारमा असम्भव भन्नेकुरा केही पनि नरहेको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल