३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनलाई प्राथमिकता दिएर चुनावमा जाने सोच छः अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताउनुभएको छ । 
 
आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो,‘‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्ने हो, तालमेलको सम्भावना भयो भने गठबन्धनका दलहरुसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने सोच छ ।’’ 

प्रधानमन्त्रीले गठबन्धनलाई असर पार्ने कुरा नबोल्न भनेर केही दिन अघि आफ्नै दलका नेतालाई निर्देशन गर्नुभएको स्मरण गराउँदै अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्व गठबन्धनलाई अगाडि लिएर जाने कुरामा द्धिवीधामा नहरेको बताउनुभयो । अर्को प्रसङ्गमा अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो ।

 पार्टीको प्रशिक्षण कार्यक्रमका लागि उहाँ आज धनगढी पुग्नुभएको हो ।