२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार सुन्दै सुन्दैनः काँग्रेस सांसद गौतम



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकार ‘बहिरो’जस्तै भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले सरकारले बर्दिया जिल्लामा सञ्चालन हुँदै आएको नदी व्यवस्थापन आयोजना सुटुक्क डडेलधुरा स्थानान्तरण गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले बबई, भादा र औरही नदी व्यवस्थापन आयोजना बर्दियाबाट हटाइएकामा असन्तुष्टि व्यक्त गर्दै सरकारले बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नगरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अन्याय भयो सभामुख महोदय, सरकारले बहिरो भएको जस्तो व्यवहार गर्यो । सुन्दा पनि सुनेन, देख्दा पनि देखेन । बर्दिया जिल्लामा भएको बबई, भादा, औरही नदी व्यवस्थापन आयोजना बर्दियाबाट सुटुक्क लगेर डडेलधुरा पु¥याइयो । मैले बारम्बार संसदमा भने तर सरकारले सुन्दैन । यो के गर्न खोजेको सभामुख महोदय ? सरकारले मेरो कुरा सुनोस् । सभामुखमार्फत आग्रह गर्न चाहन्छु ।’

सांसद गौतमले सरकारसँग बर्दियाको नदी व्यवस्थापन आयोजना यथास्थानमा फर्काउन माग गर्नुभयो । माग पूरा नभए सत्याग्रहमा बस्ने उहाँको चेतावनी छ ।