२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन



अ+ अ-

रसुवा। ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने अनियमितता रोक्नका लागि रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुन्चे बजारमा बजार अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिद्वारा शनिबार साँझ आकस्मिक रूपमा बजारको विशेष अनुगमन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका जिल्ला बजार अनुगमन समितिका संयोजक द्रुवप्रसाद अधिकारीका अनुसार धुन्चे बजारमा ग्यासको अभाव देखाएर लुकाइछिपाइ राखेका छन् भन्ने स्थानीयको गुनासोका आधारमा गोसाइँकुण्ड–६ धुन्चे बजारमा समितिको नेतृत्वमा नेपाल प्रहरी तथा स्थानीय प्रशासनको सक्रिय सहभागितामा अनुगमन गरिएको हो ।

बजारमा खाना पकाउने एलपी ग्यासको उपलब्धता असहज बनाई अभाव देखाएर बढी मूल्यमा ग्यास बिक्री गर्नेलाई रोकेर उपभोक्तालाई ठगीबाट जोगाउन र व्यापारीलाई व्यावसायिक आचारसंहिता पालना गर्न सचेत गराइएको समितिका संयोजक अधिकारीले जानकारी दिनुभयो । शनिबारको बिदाका दिन उपभोक्ताको हितलाई ध्यानमा राख्दै अनुगमन टोलीले बजारका विभिन्न ग्यास डिपो तथा किराना पसलको निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा ग्यास सिलिन्डरको मौज्दात, मूल्य र बिक्री वितरणको अवस्थाबारे जानकारी लिइएको थियो । यस किसिमको अनुगमनले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिने र बजार अनुशासन कायम राख्न मद्दत पुग्ने विश्वास गरिएको छ । रासस