काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मिडिया एलाइन्स नेपाल र नेपाल मिडिया सोसाइटीको सल्लाहकारबाट राजीनामा दिएका छन् ।
क्याप्टेन थापाले कार्यव्यस्तताको कारण देखाउँदै दुवै संस्थामा सल्लाहकारको भूमिका निर्वाह गर्न असमर्थन रहेको भन्दै राजीनामा दिएका हुन् ।
थापा विगत केही समयदेखि दुवै संस्थाका सल्लाहकारका रूपमा आवद्ध थिए । नेपालमा सञ्चार क्षेत्रको विकासमा लामो समयदेखि सक्रिय रहँदै आएका थापा हाल अन्नपूर्ण मिडिया नेटवर्कको अध्यक्ष छन् ।
थापा र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया यही साउन १६ गते नेपाल मिडिया सोसाइटीको नयाँ कार्यसमितिको सल्लाहकारमा नियुक्त भएका थिए ।










