२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरण राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनावद्ध, दलाल संरचनको कर्तुत होः रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार व्यक्तिगत भुल र प्रशासनिक त्रुटी मात्रै नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैकठमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली युवाहरु भविष्यको कर्णधार भएको र रोजगारी र शिक्षाको खोजिमा आशाको दियो लिएर अवसरका लागि विदेशिन बाध्य भएको बताउनु भयो । उहाँले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार युवाहरुको भविष्यलाई ध्वस्त पार्दै राष्ट्रकै प्रतिष्ठामा धब्बा लगाउने काम भएको बताउनु भयो । राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनावद्ध, दलाल संरचनको कर्तुत नै भिजिट भिसा प्रकरण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली युवाहरु जो भविष्यका कर्णधार हुन् । रोजगारी र शिक्षाको खोजिमा आशाको दियो लिएर अवसरका लागि विदेशिन बाध्य छन् । त्यही आशालाई ध्वस्त पार्दै र राष्ट्रकै प्रतिष्ठामा धब्बा लगाउने कार्य भएको छ । भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार । यो केबल व्यक्तिगत भुल र प्रशासनिक त्रुटी होइन । राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनावद्ध, दलाल संरचनको कर्तुत हो । यो काण्डको जरा कहाँसम्म फैलिएको छ भन्ने प्रश्न आज प्रत्येक नेपालीको मनमा छ ।’

सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे बनेको छानविन समिति टालटुले समिति भएको बताउनु भयो ।