७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

सिंहदरबारमा भोजनलिपि स्वादद्वारा दश परिकारको प्रदर्शन

सिंहदरबारमा भोजनलिपि स्वादद्वारा दश परिकारको प्रदर्शन
अ+ अ-

काठमाडौँ । नेपाली खाना प्रवर्द्धन अभियानले भोजनलिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सोमबार सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरेको छ । कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कोदोको परिकारको प्रदर्शनी गरिएको हो ।

नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजनलिपि स्वादको पाँचौँ संस्करणमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का उपस्थित भएर कोदोका परिकारको स्वाद लिनुभयो । परिकारको स्वाद लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कोदो उत्पादन बढाउन सरकारले किसानका लागि प्रोत्साहनमूलक योजना ल्याउने बताउनुभयो । कोदोको महत्त्व आमनागरिकसम्म पुर्‍याउन तथा उत्पादन बढाउन सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

“यहाँ कोदोको परिकालाई आधुनिकीकरण गरेर बनाइएको छ, हेर्न पनि उत्कृष्ट छ । कोदोका परिकार स्वादिलो हुनुका साथै स्वास्थ्यवर्द्धक पनि हुने भएकाले यसको बढी महत्त्व आमनागरिकसम्म पुर्‍याउन जरुरी छ । यसको उत्पादन प्रक्रिया झन्झटिलो भएकाले किसान कोदोखेतीमा कम आकर्षित भएका छन् । आधुनिक उपकरणको प्रयोगमार्फत कृषकलाई आकर्षण गर्नसके यसको उपयोगिता र महत्त्व अझ बढ्नसक्छ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो । कोदो परिकारको विषय मात्र नभई संस्कृति, पहिचान र सम्भावनाको अन्न भएको उहाँले बताउनुभयो ।

अन्तरराष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रदर्शनीमा कोदोबाट बनेका ढिंडो, सेलरोटी, खीर, म:म:, मालपुवा, मफिन, कुकिजलगायत परिकार राखिएको थियो । मोही र पान लड्डु कार्यक्रमका विशेष परिकार बनाइएको थियो । राष्ट्रिय कोदो दिवसका सन्दर्भमा कोदो विशेष परिकार बनाइएको हो ।

वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले स्वास्थ्यवर्द्धक कोदोको उत्पादन वृद्धि गर्दै यसको प्रवर्द्धन र व्यावसायिकीकरण गरी कृषकलाई खेतीतर्फ आकर्षित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले विगतमा कोदोको परिकार हेपिएको खाना भए पनि सहर र आधुनिक जीवनशैलीमा यो स्वास्थ्यका लागि महत्त्वपूर्ण र लोकप्रिय बनिरहेको बताउनुभयो ।

सेफ कँडेलले लोप हँुदै गइरहेको कोदोको उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नेपाली कृषकद्वारा उत्पादित कृषिउपजको उपयोग गर्दै स्वस्थ्य र सचेतना अभिवृद्धिका लागि कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो ।

राष्ट्रिय कोदो दिवसका अवसरमा कोदोका परिकारलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताउनुभयो । सरकारले यस वर्षदेखि भदौ १६ लाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउन सुरु गरेको सन्दर्भमा कोदोका परिकारलाई प्रवद्र्धन गरिएको अभियानले जनाएको छ ।

नेपाली खाना प्रवर्द्धन अभियान र भोजनलिपि स्वादको संयुक्त आयोजनामा सिंहदरबारको नारायणी चमेना गृहमा कोदोको परिकार प्रदर्शनी गरिएको हो । कोदो प्रवर्द्धन अभियानमा कोदाली भेन्चर्स प्रालि र नवप्रभात डेरीले पनि सहयोगी भूमिका निर्वाह गरेका हुन् ।

कोदाली भेन्चर्सका प्रमुख लक्ष्मी पोखरेलले नेपाली किसानहरूले परम्परागत रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ दाल, भटमासजलगायत अन्नहरूमा आधारित उत्पादनको विकासमा सहकार्य गर्दै आइएको जानकारी दिनुभयो । रासस