१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक



काठमाडौँ, १८ साउनः पर्यटन प्रवद्र्धन मञ्च नेपालको आयोजनामा आइतबार काठमाडौँ भृकुटीमण्डपमा कवि टेकबहादुर जिरेलद्वारा लिखित ‘जिरीसिक्रिको सुसेली’ संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुहुँदै लेखक टेकबहादुर जिरेललगायत साहित्यकार तथा कलाकारलगाएत । तस्बिरः हरिराम भेटुवाल÷रासस
अ+ अ-

काठमाडौँ। कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक गरिएको छ । पर्यटन प्रवर्द्धन मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार अभि सुवेदीलगायत स्रस्टाहरूले उक्त कृतिको सार्वजनिक गर्नुभयो ।

शिक्षण पेसाबाट निवृत्त जिरेलको कविता सङ्ग्रह पर्यटन प्रवर्द्धन मञ्चले प्रकाशन गरेको हो । यसमा प्रकृति, संस्कृति र जीवनशैलीसम्बन्धी विभिन्न ७१ कविता समावेश छन् ।  जिरेलका कवितामा राष्ट्रप्रेम, माटोको सुगन्धलगायत विषय लालित्यपूर्ण रहेको सङ्ग्रहको भूमिकामा साहित्यकार सुवेदीले लेख्नुभएको छ ।

संग्रहको समीक्षा गर्दै कवि ज्योति जङ्गलले सरलताबाट कविता सङ्ग्रह सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कविताहरू सरलताबाट सुरु भएर दर्शनमा पुगेर अन्त्य हुन्छन् । कविले अरूको पीडा लेख्ने मात्र नभएर माटो र प्रकृतिसँगको आत्मीय सम्बन्धलाई गहिरो रूपमा अभिव्यक्त गर्नुभएको छ ।”

सङ्ग्रहमा कविले प्रेमिल राष्ट्रवाद, राजनीतिक सङ्घर्ष, जिरीको ऐतिहासिक महत्व र पर्यटन प्रवर्द्धनको आवश्यकतालाई कलात्मक ढङ्गमा प्रस्तुत गर्नुभएको तथा जिरी खुम्तीको सौन्दर्य, माटोको आवाज र कर्मशील युवाको हुँकारका रूपमा व्यक्त भएको चर्चा गरियो ।

पुस्तकका प्रकाशक लिलाराम खड्काले सङ्ग्रहलाई साहित्यिक पर्यटनको अभियानसँग जोड्न खोजिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले माटोलाई शब्दमा बाँध्ने प्रयास गरेका छौँ, जसले पाठकलाई पर्यटनप्रति नयाँ दृष्टिकोण दिन सक्छ ।”

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले पनि पुस्तकको महत्वबारे चर्चा गर्नुभयो । “कवितामार्फत जिरीजस्तो पर्यटनस्थललाई राष्ट्रिय भावनासँग गाँसिएको देख्दा गर्व लागेको छ । जिरीसिक्री केवल भौगोलिक ठाउँ होइन, चेतनाको प्रतिनिधि बनेको छ”, उहाँले भन्नुभयो ।

सङ्ग्रहका लेखक जिरेलले कविता सङ्ग्रहमार्फत आफ्रले समाजमा अनुशासन, प्रकृतिसँगको सामीप्यता र मातृभूमिप्रतिको प्रेमको सन्देश दिन खोजेको बताउनभयो । उहाँले भन्नुभयो, “यो सङ्ग्रह मेरो माटोप्रतिको समर्पण हो । जिरी मेरो आत्मा हो, जसलाई मैले कवितामार्फत बोलेको छु ।”

वक्ताहरूले ‘जिरीसिक्रीका सुसेली’ नेपाली साहित्यमा केवल पर्यटनप्रेम मात्र नभई माटो र मनको आत्मीयता मिसिएको मौलिक स्वरुपको कविता सङ्ग्रहका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए । रासस