२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुटकेसमा बच्चासहित यात्रा गर्ने न्युजिल्याण्डकी एक महिला पक्राउ



अ+ अ-

एजेन्सी । न्युजिल्याण्डकी एक महिलालाई बसमा यात्रा गरिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको छ ।

‘डिटेक्टिभ इन्स्पेक्टर’ सिमोन ह्यारिसनका अनुसार ती महिलामाथि बच्चालाई दुव्र्यवहार गरेको र बेवास्ता गरेको आरोप लगाइएको छ ।

अकल्याण्डबाट १०० किलोमिटर उत्तरमा रहेको काइवाकामा रहेको बस डिपोमा बस चालकले एउटा झोलाभित्र केही चलिरहेको पाएपछि प्रहरीलाई बोलाइएको थियो ।

“चालकले प्रहरीको अगाडी सुटकेस खोल्दा उनीहरूले त्यहाँ दुई वर्षीया बालिकालाई भेट्टाएका थिए,” ह्यारिसनले भन्नुभयो । “सानी केटी आत्तिएर निकै तातो भएको रिपोर्ट गरिएको थियो तर अन्यथा शारीरिक रूपमा उनको कुनै क्षति भएको थिएन।”

ती महिलाले आफ्नो सुटकेस र अन्य सामान बसका यात्रुको तल छुट्टै कम्पार्टमेन्टमा राखेकी थिइन् । ह्यारिसनका अनुसार अहिले ती बालिकाको अस्पतालमा व्यापक स्वास्थ्य परीक्षण भइरहेको छ ।

बालिकालाई अस्तव्यत छोडिएको अवस्थामा २७ वर्षीया एक महिला पक्राउ परेकी छन् ।

न्युजिल्यान्डका बालबालिका मन्त्री ओरंगा तामरिकीलाई यसबारे जानकारी दिइएको छ ।