२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुटकेसमा बच्चासहित यात्रा गर्ने न्युजिल्याण्डकी एक महिला पक्राउ



अ+ अ-

एजेन्सी । न्युजिल्याण्डकी एक महिलालाई बसमा यात्रा गरिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको छ ।

‘डिटेक्टिभ इन्स्पेक्टर’ सिमोन ह्यारिसनका अनुसार ती महिलामाथि बच्चालाई दुव्र्यवहार गरेको र बेवास्ता गरेको आरोप लगाइएको छ ।

अकल्याण्डबाट १०० किलोमिटर उत्तरमा रहेको काइवाकामा रहेको बस डिपोमा बस चालकले एउटा झोलाभित्र केही चलिरहेको पाएपछि प्रहरीलाई बोलाइएको थियो ।

“चालकले प्रहरीको अगाडी सुटकेस खोल्दा उनीहरूले त्यहाँ दुई वर्षीया बालिकालाई भेट्टाएका थिए,” ह्यारिसनले भन्नुभयो । “सानी केटी आत्तिएर निकै तातो भएको रिपोर्ट गरिएको थियो तर अन्यथा शारीरिक रूपमा उनको कुनै क्षति भएको थिएन।”

ती महिलाले आफ्नो सुटकेस र अन्य सामान बसका यात्रुको तल छुट्टै कम्पार्टमेन्टमा राखेकी थिइन् । ह्यारिसनका अनुसार अहिले ती बालिकाको अस्पतालमा व्यापक स्वास्थ्य परीक्षण भइरहेको छ ।

बालिकालाई अस्तव्यत छोडिएको अवस्थामा २७ वर्षीया एक महिला पक्राउ परेकी छन् ।

न्युजिल्यान्डका बालबालिका मन्त्री ओरंगा तामरिकीलाई यसबारे जानकारी दिइएको छ ।