९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतमा प्रधानसेनापतिले कसरी मानार्थ महारथीको उपाधी पाए ?



अ+ अ-

डा. प्रेमसिंह बस्न्यात

श्री ३ बीर सम्सेर राणालाई ब्रिटिश इन्डियाले पहिलो पटक नेपाली प्रधानमन्त्रीलाई भारतमा  रहेका ब्रिटिश गोर्खाको मात्र मानार्थ प्रमुख सेनानी  दिने चलन सुरु गर्‍यो।  श्री ३ चन्द्र सम्सेरको पालामा मानार्थ मेजर जनरल ( उपरथी ) दिएको थियो भने भारतमा रहेको ब्रिटिश गभर्नर जनरललाई नेपाली सेनाको मानार्थ जनरल ( माहारथी ) दिएको  थियो ।

जब सन १९४७ मा ब्रिटिश भारतबाट फर्कने भयो तब ब्रिटिशले स्वतन्त्र भारतलाई समेत सोही परम्परा कायम राख्न निर्देशन दियो ।  किनकी ब्रिटिश गोर्खा आधाभन्दा थोरै बेलायती सेना बने भने धेरै इन्डियन गोर्खा बनेर यतै बसे। सोही कारणले मात्र मानर्थ महारथी कायम राख्ने काम जारी राखियो।

त्यसपछि स्वतन्त्र भारतले श्री ३ लाई हैन श्री ५ महाराजधिराजलाई महारथी दिने  प्रस्ताव गरेको थियो ।  राजा त्रिभुवनलाई मानार्थ महारथी दिने पत्राचार  समेत भयो तर राजाले अस्वीकार  गरेर  मानार्थ महारथीको उपाधी लिन नमानेको  र नेपाली सेनाका प्रधानसेनापतिलाई  दिनु भनेपछि  नेपाल का प्रधान सेनापतिलाई दिन थालिएको हो ।  यसै बेलादेखि  नेपालले पनि भारतीय प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधी दिन थालेको हो । 

तर  मानार्थ महारथी दर्जा  प्रधानसेनापति पद भने होइन। प्रधानसेनापति नियुक्ती हो, दर्जा होइन। दुवै देशका प्रधानसेनापतिको  दर्जा महारथी हो।  २०४६ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दी र भारतीय नेता चन्द्र शेखर लगायत व्यक्तिहरु नेपाल आएर आन्दोलन गरेकोले सो अवधिका प्रधानसेनापति सच्चित समसेर राणाले भारतको मानार्थ महारथी दर्जा  अस्वीकार गरेका थिए ।

यसैको बदलामा तत्कालीन प्रधानसेनापति सच्चित सम्सेर राणा बङ्गलादेशको  सैनिक प्रमुखको निमन्त्रण्मा नेपाली सेनाको एभ्रो जहाजमा  बङ्गलादेश जान खोज्दा भारतले हवाई उडानका लागि हवाई रुट दिएको थिएन । त्यसपछि प्रधानसेनापति राणा र सैन्य टोली  बङ्गलादेशको बिमानबाट ढाका गएका थिए ।

(लेखक नेपाली सेनाका पूर्व सहायकरथी हुनुहुन्छ)