१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह



अ+ अ-
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले) लगायतको समिकरणमा सरकार बनाएको बताउनुभएको छ ।
बुधवार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८/९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली काँग्रेस र नेकपा(एमाले) लगायतका दलहरुको सरकार बनेको बताउनुभएको हो । उहाँले गत निर्वाचनको परिणाम अनुरुपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरु समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताउनु भयो । उहाँले काँग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरित गएर संविधानमा भएका अधिकारहरुको कटौती नगर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘राजनीतिक स्थिरता र स्थायित्व बिना अरु कुनै क्षेत्र स्थिर हुन नसक्ने भएको कारणले गर्दा सबभन्दा पहिले राजनीतिक स्थिरता दिनुपर्‍यो । गत निर्वाचनबाट जुन परिणाम आयो, संसदको बनावट कस्तो भयो भने ८/९ महिनामा सरकार परिवर्तन भइराख्ने । आम जनतामा सरकार त टिक्दैन भने सरकारले हाम्रो लागि के राम्रो काम गर्छ र भन्ने भाष्य विकास हुन थाल्यो । भन्न त भन्छन्, संसदको ठुलो र दोस्रो ठूलो पार्टी एकै ठाउँमा आएर सरकार बनायो भने त संसदीय प्रणालीकै खिलापमा जान्छ कि भन्ने विचार पनि नआएको होइन । तर हामीले के बुझ्नुपर्‍यो भने अहिलेको राजनीतिक अस्थिरताको कारणले संसदबाट पनि विधेयकहरु पारित गर्न नसकेको कारणले पनि राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा(एमाले) लगायत अन्य दलहरु मिलेर अहिलेको यो सरकार बनेको छ । कांग्रेस–एमालेले आन्दोलन गरेर अधिकार संकुचित भयो । अधिकारमा स्वतन्त्र हुनुपर्‍यो भनेर लडेको पार्टीले सत्तामा गएपछि आफैँले जारी गरेको संविधानको भावना र मर्म विपरित हामी आफैँले जन्माएको संविधानमा भएका अधिकारहरु कटौती गर्ला भनेर सोच्नु जन्मदिने आमाले आफ्नो बालकको अहित चिताउँछ र ? चिताउँदैन नि ।’
उहाँले अर्थतन्त्रको गतिशिलतामा रोक लगाउने खालका कुनैपनि विधेयकहरु संसदमा नलैजाने बताउनु भयो ।