१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने



अ+ अ-

काठमाडौं। २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा नेपाल र भारतमा एकसाथ सार्वजनिक प्रदर्शन भई सुपरहिट भएको नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ ।

‘सिनेमाघर’मा हालै रिलिज भएको यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गरेका छन् ।

यस चलचित्रमा खजाग राज्यका कान्छा राजकुमार प्रेम र उनकी प्रेमिका गीतको कथा छ। प्रेम शुभ ज्योतिषीय समयमा जन्मिएका थिए र भविष्यमा राजा हुने भविष्यवाणी गरिएको थियो। तर, यी सबैको बीचमा उनी आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीसँग जुध्न बाध्य हुन्छन्, जुन थियो उनको प्रेम।

‘प्रेम गीत ३’ रिलिजसँगै सिनेमाघर एपले नयाँ ठूलो अपडेट ल्याएको छ, जसअनुसार यसअघि एन्ड्रोइड र आइओएस मोबाइल तथा स्मार्ट टिभी प्लेटफर्महरूमा रहेकोमा अब चलचित्रहरू ल्यापटप र डेस्कटपमा वेब ब्राउजर मार्फत पनि हेर्न सकिनेछ । साथै, फोनपे क्युआर कोड मार्फत नेपाल र भारतबाट सजिलै भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध हुनेछ। सिनेमाघरका सिइओ सागर खरेलका अनुसार, नेपाली भाषा विकल्प र २४ घण्टा प्राविधिक सहयोगको सुविधा पनि छिट्टै उपलब्ध गराइनेछ।