१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’

जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’
अ अ+ अ-

काठमाडौं । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसर पारेर लोमशले वनस्थलीस्थित डिलाईट फुड कोर्टमा आज आफू अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गरेका हुन्। कार्यक्रममा उनले आफ्नो जन्मदिनको केक समेत काटेका थिए।

बुधवार लोमश शर्माको आधिकारिक युटउब च्यानल ‘लोमश शर्मा’ बाट सार्वजनिक गरिएको गीतमा अहिलेकी चर्चित गायिका शान्ती श्री परियार र गायक प्रल्हाद सुवेदीको स्वर छ। गीतको भिडियोमा भने लोमश शर्मासँगै अभिनेत्री रुविना थापा, कलाकार जुना विश्वकर्मा र नव–कलाकार प्रमोद पौडेल फिर्चड छन्। प्रमोदले यसै गीतबाट कलाकारिता क्षेत्रमा डेब्यु गरेका हुन्। डेब्यु भए तापनि उनले भिडियोमा तारिफयोग्य काम गरेका छन्। भिडियोमा लोमश, रुविना र जुनाको काम पर्फेक्ट छ।

लोक भाकामा बनेको गीतको भिडियोमा दुई जोडी (रुविना–लोमश र जुना–प्रमोद) को प्रेम देखाईएको छ। गीत अर्गानिक र सुमधुर छ भने भिडियो ए–वान बनेको छ। भिडियोमा चारै जना कलाकारको प्रेम र रोमान्ससँगै मेहेनत झल्किन्छ । भिडियोमा रमणीय दृश्यहरु कैद गरिएको छ। उक्त दृश्यहरु सैलुङको हो। रोचकको कुरा के हो भने, सैलुङमा खिचिएको यो पहिलो म्युजिक भिडियो हो। यसअघि कसैले पनि सैलुङको सुन्दरतालाई क्यामरामा कैद गरेका थिएनन जुन यस भिडियोमार्फत लोमशले गरेका छन। भिडियोमा एरी अलेक्जा क्यामराको प्रयोग गरिएको छ। नेपालमा हत्तपत्त एरी क्यामराको प्रयोग गरिदैन। नेपालमा एरी क्यामराबाट खिचेको पनि यो पहिलो भिडियो हो। यसैबाट पनि लोमशले यो भिडियोका लागी कति मेहेनत गरेका छन भन्ने दर्सिन्छ।

गीतमा शब्द र संगीत प्रल्हाद सुवेदीले भरेका छन्। विनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन मनोज कार्की र कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन्। भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक लोमश शर्माले स्वयंमले गरेका छन्। यो गीतलाई पनि दर्शकले मन पराउने र पहिलाका गीतहरुलाई झैँ दर्शकले साथ र माया दिनेमा शर्मा विश्वस्त छन्।

भिडियोको बजेट १० लाख रहेको लोमशको भनाइ छ। कार्यक्रममा बोल्दै उनले भने,‘गरेको कामहरुमा कुनै पनि कम्प्रमाइज नगरौँ भन्ने हाम्रो सोच हो। त्यसैले १० लाखको बजेटमा एउटा म्युजिक भिडियो बनाएका छौ। सैलुङमा गएर एरी क्यामराले खिचेका छौ। दर्शकले माया गर्दिनुहुन्छ भने क्वालिटीमा कुनै घटबढ गर्दैनौ। दर्शक नै हाम्रो लागी भगवान हुन्।’

कबिराज गहतराजले कोरीयोग्राफी गरेको गीतमा खडक बाजुरालीको मिक्सिङ तथा मास्टरिङ र दुर्गा पौडेलको सिनेमाटोग्राफी छ। अग्नी थापा र दिपेन्द्र पण्डितले मिलेर निर्माण गरको गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन्। कलाकारले झैँ उनले पनि यो भिडियोमा आफ्नो ज्यान भरेका छन्। पौडेलले यो भिडियोलाई३ दिन लगाएर खिचेर छन्।