२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत विधेयकबाट सरकारले विदेशी सेना नेपाल आउने बाटो खोल्योः भीम रावल



अ+ अ-

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले विदेशी सेना नेपाल आउने बाटो सरकारले खोलिरहेको आरोप लगाउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपाली नदीनालाबाट विद्युत उत्पादन गर्न विदेशीलाई दिने कानून बनाएको र सरकारले त्यसको सुरक्षा आफैँ गर्नु भन्ने कानून पारित गरेको भन्दै त्यसले विदेशी सेनालाई नेपाल भित्रिने बाटो खुलाएको आरोप लगाउनु भयो ।

उहाँले विदेशी सेना आएपछि नेपालीलाई अब राम्रोसँग खान र बस्न नदिने बताउनु भयो । नागरिकता विधेयकमा अब नागरिकता लिन बाबुको नाम र ठेगाना नचाहिने व्यवस्था राखिएको भन्दै आपत्ति जनाउनु भयो । वंशजको नागरिकता भन्ने तर पिताको नाम र ठेगाना नै नचाहिने भएपछि कसरी वंशजको नागरिकता भयो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भननुभयो, ‘एउटा कानून आएको सुनेँ । अहिले विदेशीहरुले नेपाली नदीनालाबाट विद्युत जुन बनाउने भनेको छ नि, त्यसको सुरक्षा जसले बनाउने हो उसैले गर भनिदियो । अब हेर त, विदेशी सेना आउने भयो की नाइ ? अब विदेशी सेना आएपछि हामीलाई खिर खान दिन्छ । संसदबाट एउटा कानून पारित भयो । बनायो कानून, त्यहाँ बसेकाहरुले । अबदेखि नागरिकता लिने मान्छेले मेरो बाबुको नाम पनि भन्दिनँ, मेरो बाबु कहाँबाट जन्मेको त्यो पनि खालि राख्ने रे । यो देशलाई कहाँ लैजान लाग्या हो ? दिनेबेला वंशजको नागरिकता भन्ने बाबुको नाम र ठेगाना मेटिदिएपछि वंशज रह्यो त ? यस्तो राजनीति गरेपछि खिर खाने दिन धेरै रहँदैन ।’

पूर्वउपप्रधानमन्त्री रावलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भएका छोराछोरी खाडी पठाउने अनि छोराछोरी जन्माओ भन्ने ? भन्दै प्रश्न गर्नुभयो ।