१ भाद्र २०८३, सोमबार
,
Latest
कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

समावेशी  शिक्षण विधि अपनाएपछि…



अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । कञ्चनपुरको लालझाँडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत आस्मी रानाको अल्पदृष्टि छ ।

कक्षा कोठामा उहाँले अगाडि बोर्डमा लेखिएका अक्षर स्पष्ट रूपमा देख्न सक्नुहुन्न । उहाँको उक्त समस्याको पहिचान गर्न सकिएको थिएन ।

जब गाउँपालिकाले विद्यालयलाई नमूना विद्यालयको रूपमा छनौट गरेर समावेशी शिक्षण विधि अपनायो त्यसपछि रानाजस्तै अन्य फरक क्षमता भएका विद्यार्थीको पहिचान भयो । “विद्यालयमा हरेक दिन राउन्डअनुसार सिट प्लानिङ हुने भएकाले विद्यार्थीले कहिले अगाडि कहिले पछाडि बस्नुपर्छ ।”

भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले भन्नुभयो, “आँखा कम देख्ने र कम सुन्नेजस्ता समस्या भएका विद्यार्थीलाई समस्या हुँदो रहेछ यो कुरा न हामीले पहिचान गर्न सक्यौ न विद्यार्थीले नै हामीलाई समस्या बारे बताए ।” उहाँले विद्यालयलाई नमूना विद्यालय छनौट गरेर समावेशी र शिक्षण विधि अपनाएपछि कम देख्ने र कम सुन्ने विद्यार्थीको पहिचान भएको बताउनुभयो ।

“अहिले कम देख्ने र सुन्ने तथा अपाङ्गता भएका बालबालिकालाई पनि सोही कक्षा कोठामा व्यवस्थापन गरेर शिक्षण गर्ने गरेका छौँ ।” उहाँले भन्नुभयो, “यसले सबै विद्यार्थीको शिक्षामा सहज पुहुँच पुगेको छ विद्यार्थीको पढाइसमेतमा सुधार देखिएको छ ।” उहाँले अहिले विद्यालयले गुणस्तरी शिक्षामा जोड दिएको बताउनुभयो ।

त्यसैगरी बेलडाँडी–४ स्थित सरस्वती जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्र बुढाले पालिकाले नमूना विद्यालय छनौट गरेपछि वडामा आएको बजेटको ५० प्रतिशत बजेट विद्यालयको विकासका लागि आउने गरेको जानकारी दिनुभयो । “हामीले विदाको समयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्रैमासिक रूपमा अभिभावकसँग अन्तरक्रिया गर्ने गरेका छौँ।” उहाँले भन्नुभयो,“शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि वडाको पचास प्रतिशत बजेट आउँछ ।”

उहाँले अहिले विद्यालयमा २४ अपाङ्गता भएका विद्यार्थीसमेत भर्ना भएर अध्ययन गरिरहेको बताउनुभयो । “अपाङ्गता भएका विद्यार्थीलाई पनि राखेर एउटै कक्षा कोठामा समावेशी ढङ्गबाट अध्यापन गराउदै आएका छौ ।” उहाँले भन्नुभयो,“पर्याप्त जनशक्ति र प्रविधिमैत्री कक्षा कोठा नहुँदा केही कठिनाइ भएको छ ।”

लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले नेपाल राष्ट्रिय समाज कल्याण सङ्घसँगको सहकार्यमा पालिकाले तीन वटा नमूना विद्यालय छनौट गरेर शिक्षामा गुणस्तर सुधार र समावेशी शिक्षामा जोड दिएको बताउनुभयो ।

“संस्थाको प्राविधिक सहयोगमा अपाङ्गता भएका विद्यार्थीलाई पनि शिक्षाको पहुचमा ल्याएका छौँ ।” उहाँले भन्नुभयो,“गुणस्तरी शिक्षाका लागि नमूना विद्यालय छनौट गरेरै त्यसको विकासमा लागेका छौँ ।” उहाँले बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्जित हुन नदिन विद्यालयलाई समावेशी बनाएर एउटै कक्षा कोठामा फरक क्षमता भएका विद्यार्थीसमेतलाई अध्ययन गर्ने व्यवस्था गरेका छौँ ।”

उहाँले प्रविधिमैत्री शिक्षण सिकाइका लागि विद्यालयलाई तीन स्मार्ट बोर्डसमेत उपलब्ध गराएको बताउनुभयो ।

यहाँका दुई वटा पालिकाका ६ सामुदायिक विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गर्न लागिएको हो । बेलडाँडी गाउँपालिका स्थित सरस्वती जनता माध्यमिक विद्यालय, रौलेश्वर माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गरिन लागेको हो ।

त्यसैगरी लालझाँडी गाउँपालिले भानु माध्यमिक विद्यालय, जनचेतना माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रूपमा अघि बढाएको छ । छनौट भएका नमूना विद्यालयमा प्रत्येक वालवालिकाको कार्यगत सीमितता पहिचान गरी सोहीअनुरुप कक्षाकोठाभित्रको वातावरण अनुकुल शिक्षण विधिलाई प्रोत्साहन गरिएको जनाइएको छ ।

गुणस्तरीय शिक्षामा समावेशी पहुँचलाई प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम र कर्णाली प्रदेशका ६ वटा पालिकामा समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अन्तरगत नमूना विद्यालय छनौट गरिएको हो ।