१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

भारतमा सलहको सन्त्रास, के नेपाल आइपुग्ला सलह ?

भारतमा सलहको सन्त्रास, के नेपाल आइपुग्ला सलह ?
अ अ+ अ-

नयाँदिल्ली । कोरोना भाइरस (कोभिड–१९) को महामारीले त्रसित बनाइरहेका भारतमा सलहले थप त्रास बढाएको छ । अफ्रिकी मुलुकबाट इरान र पाकिस्तान हुँदै भारत भित्रिएको सलह फट्यांग्रा प्रजातिअन्तर्गतको कीरा हो । सलहले खाद्यान्न बालीलगायतका कृषि उपजलाई क्षति पुर्‍याउने भएकाले सलहलाई फौजी कीराकै वर्गमा राखिन्छ । विगतका वर्षहरुमा सलहको हुल भारतलगायतका दक्षिण एसियाको भागमा असारको दोस्रो सातातिर आउने गरेकोमा यस वर्ष केही पहिले नै आएको छ । जसले गर्दा कोरोना महामारीका कारण अर्थतन्त्रनै धरासायी हुने हो कि भन्ने चिन्ता व्यक्त भइरहेका बेला सलहको प्रकोपले खाद्यान्न बालीमा क्षति हुन गई संकट थप गहिरिने त्रास बढेको छ ।

भारतमा सामान्यतस् गर्मीयाममा पाकिस्तानको सीमा हुँदै पश्चिम राजस्थान र गुजरातमा सलह प्रवेश गर्ने गर्छ । तर, यस वर्ष भने चैतको अन्त्यतिर नै सलह देखिएको थियो । हाल भारतका राजस्थान, गुजरात, महाराष्ट्र, मध्यप्रदेश, पन्जाब, दिल्ली र उत्तरप्रदेशमा सलहले ठूलो मात्रामा बालीनाली नष्ट पारेको छ । भारतमा अहिले देखिएको सलह अफ्रिकी मूलको भएको र पछि इरान र पाकिस्तानमा प्रजनन हुँदै गएको बुझिएको छ । सलहको एउटा सामान्य हुल एक वर्गकिमि देखि कैयौं वर्ग किमि क्षेत्रफलसम्म फैलने गर्छ । एक वर्गकिमिमा फैलिएको बथानमा ४ करोडदेखि ८ करोडवटासम्म सलह हुने गरेको अनुमान छ । अझ ठूला हुलमा त त्यो संख्या अरबसम्म पुग्ने गर्छ । भारतीय सञ्चरामाध्यमहरुले विभिन्न अनुसन्धानलाई उद्धृत गर्दै एउटा सलहले हरेक दिन आफ्नो तौलबराबर करिब २ ग्रामबराबर खानेगर्छ । एउटा सानो हुलले हरेक दिन २ हजार ५ सय जनाले खानेबराबरको खाद्यबाली खान सक्छन् । हुल बाँधेर हिँड्ने यो कीराले हजारौं किलोमिटर यात्रा गर्न सक्छ ।

सामान्यतस् भारतमा आउने सलह एकपटक वर्षाका बेला प्रजनन भएर र असोज लाग्दासँगै बाहिरिने गरेकोमा गत वर्ष वर्षा ढिलोसम्म भएको र यस वर्ष प्रिमनसुन पनि धेरै भएकाले तीनपटकसम्म प्रजनन भएको हुँदा संख्यामा पनि उल्लेख्य वृद्धि भएको दाबी गरिएको छ । जसका कारण यस वर्षको सलहको हुल अघिल्ला वर्षहरुभन्दा निकै ठूलो भएको बताइएको छ । यसैले पनि भारतका विज्ञहरुले अघिल्ला वर्षको तुलनामा खाद्यान्न बालीमा ठूलो क्षति पुग्ने अनुमान गरेका छन् । यस वर्ष वैशाखको सुरुवातमै भारत र पाकिस्तानको सीमा देखिएको बताइएको छ । राजस्थानमा एक महिनाअघि यसले त्रासदी मच्चाइसकेको छ । राजस्थान, हरियाणा र मध्यप्रदेशमा गहुँलगायतका कृषि बालीमा ठूलो मात्रामा क्षति पुर्‍याएको छ । राजस्थान र गुजरातका केही भागमा त मंसिर र पुस महिनामै सलहको प्रकोप देखिएको बताइएको छ । तर, पछिल्लो समय सलहको हुल निकै बढेको र उत्तरप्रदेश, दिल्ली, पन्जाबतिर बढिरहेको बताइएको छ । उत्तरप्रदेश र पन्जाब कृषि उपजका लागि चिनिएका राज्य हुन् ।

विभिन्न अध्ययनहरुले वर्षाका कारण सुक्खा क्षेत्रमा पनि हरियाली बढ्दा सलहको प्रजनन र हुर्कनमा सघाउने गर्छ । यस वर्ष प्रिमनुसनका कारण हरियो चरण क्षेत्रमा वृद्धि भएकाले सलहका लागि थप अनुकूल मानिएको छ । सलहबाट हुने क्षतिको अनुसन्धान र नियन्त्रणका लागि भारतमा कृषि मन्त्रालयअन्तर्गत लोकस्ट वार्निङ अर्गनाइजेसन (एलडब्लूओ) नामको विशेष इकाई नै स्थापना गरिएको छ । विभिन्न अध्ययनले हालसम्म सलहका दस प्रजाति पहिचान भएकोमा भारतमा मरुभूमि, प्रवासी, रूख सलहमात्र देखिएको छ । हालै भारतमा देखिएको सलह मरुभूमि प्रजातिको भएको बताइएको छ । सलहले कृषि बालीलाई क्षति पुर्याउने भए पनि अहिलेसम्मको अनुसन्धानले यिनीहरुले मानिसलाई असर पार्ने कुनै पनि रोगको संक्रमण नगराएको विभिन्न अध्ययनहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्व खाद्य संगठनले सलहको प्रकटका कारण कृषि उत्पादनमा असर पर्ने चेतावनी दिएको थियो । साथै एलडब्लूओले पनि यस वर्ष सलहको प्रजनन अत्यधिक हुने अनुमानसँगै राज्य सरकारलाई यसलाई नियन्त्रणको कदम तत्काल चाल्न पनि भनेको छ ।

सलहको सम्भावित प्रकोपलाई ध्यानमा राख्दै भारतका विभिन्न राज्य सरकारहरुले किसानहरुलाई पूर्वसावधानी अपनाउन आग्रह गरेका छन् । सलहको हुल राज्यस्थान हुँदै दिल्लीतर्फ सोझिन थालेपछि दिल्ली राज्य सरकारले सलहको सम्भावित आक्रमणबाट बच्न एड्भाइजरी जारी गरेको छ । विशेषगरी खाद्यान्न बालीलाई हुन सक्ने क्षतिलाई मध्येनजर गर्दै उक्त एड्भाइजरी जारी गरिएको हो । जसअन्तर्गत सलहको हुललाई रोकिन नदिन विभिन्न उपायहरु अवलम्बन गर्न सुझाइएको छ । त्यसैगरी सलहको आक्रमणबाट खाद्यान्न बालीमा हुने क्षति रोक्नका लागि विभिन्न विषादीको प्रयोग गर्न राज्य सरकारले किसानहरुलाई आग्रह गरेको छ । त्यसैगरी कृषि उत्पादनका लागि भारतकै अग्रणी राज्यमा चिनिने पन्जाबले पनि सम्भावित सलह प्रकोपका लागि सतर्क रहन आग्रह गरेको छ ।

सलहको हुल नेपाल प्रवेश गर्ने नगर्ने अझै यकिन हुन सकेको छैन । तर, पछिल्ला दिनहरुमा नेपालका तराई क्षेत्रमा गर्मी अत्यधिक बढेका कारण उत्तरप्रदेशतिर र दिल्लीतर्फ अगाडि बढेको सलहको हुल नेपालतर्फ पनि सोझिन सक्ने खतरा रहेको छ । वैज्ञानिकहरुका अनुसार उच्च तापक्रमले हावामा चप न्यून हुँदा उड्न सहज हुने भएकाले सलहको हुल अत्यधिक गर्मी भागतर्फ जाने सम्भावना बढी रहन्छ । यसलाई आधार मान्दा पनि नेपाल पनि सलहको प्रकोपको जोखिममा रहेको देखिन्छ । कान्तिपुर दैनिक