२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलराउन्डर वरीयतामा फेरि दोस्रो स्थानमा उक्लिए दीपेन्द्र सिंह ऐरी



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा सुधार गरेका छन् ।

उनी फेरि दोस्रो स्थानमा उक्लिएका हुन् । आइसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा दोस्रो स्थानमा रहेका वेष्ट इन्डिजका रोस्टन चेजको वरीयता सात स्थान तल झरेपछि तेस्रो स्थानमा रहेका दीपेन्द्र एक स्थान माथि उक्लिए ।

भारतका हार्दिक पाण्ड्या शीर्ष स्थानमा छन् । तेस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन् । यस्तै, चौथो स्थानमा इंग्ल्यान्डका लियान लिभिङस्टोन रहँदा पाँचौं स्थानमा वेष्ट इन्डिजका रोमारियो सेपहर्ड रहेका छन् ।