१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

सामुदायिक विद्यालय सुधारको जिम्मा निजीलाई

सामुदायिक विद्यालय सुधारको जिम्मा निजीलाई
अ अ+ अ-

काठमाडौं । शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत तर्जुमा गर्ने प्रतिबद्धता जनाएको दुई तिहाइ सरकारले आगामी आर्थिक वर्षको बजेट ११ दशमलब ६४ प्रतिशत मात्रै विनियोजन गरेको छ ।सरकारले शिक्षालाई उच्च प्राथमिकता राख्ने जनाएको थियो । त्यसको विपरीत गत आवको भन्दा केही बढी तर ११ प्रतिशत मात्र विनियोजन गरेको छ । आगामी आवका लागि शिक्षाका लागि १ खर्ब ७१ अर्ब ७१ करोड मात्रै विनियोजन गरिएको छ । बजेटमा कोरोनापछिको शिक्षाको विषय उल्लेख गरिएको छैन । कोरोना महामारीका कारण थला परेको सरकारी र निजी शिक्षालाई उकास्ने विषयमा तदारुकता देखाउनुपर्ने सरकारले सो विषयमा थोरै सम्बोधन गरेको छ । बजेटमा भर्चुअल, अनलाइन, टेलिभिजनबाट पठनपाठन गराउने उल्लेख भए तापनि त्यसमा कति खर्च हुन्छ त्यसको विनियोजना गरिएको छैन ।

सार्वजनिक शिक्षा प्रणाली सुदृढ गर्नेतर्फ बजेट वृद्धि गर्नुको साटो सामुदायिक विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिने सरकारले घोषणा गरेको छ । सरकारी विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले शैक्षिक पूर्वाधार सामग्रीसहित कम्तीमा एउटा सामुदायिक विद्यालयको जिम्मा लिनुपर्ने उल्लेख गरेको छ । यसै गरी बजेटमा शिक्षक विद्यार्थी अनुपात धेरै भएका तथा गणित अंग्रेजी र विज्ञान शिक्षक नपुग भएका विद्यालयमा थप ६ हजार स्वयंसेवक शिक्षक परिचालन गर्ने पनि उल्लेख छ । यसका लागि २ अर्ब २३ करोड विनियोजन गरिएको छ । सबै विद्यार्थीको हातमा रंगिन पाठ्यपुस्तक पुर्याउन २ अर्ब ७६ करोड विनियोजन गरेको छ । आगामी वर्ष साक्षर नेपाल घोषणा गर्ने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई सार्वजनिक विद्यालय सबलीकरण गर्ने भन्दै ६ अर्ब विनियोजन गरिएको छ । उक्त रकम कक्षाकोठा निर्माण, प्राविधिक शिक्षा केन्द्रित तथा सूचना प्रविधिमा केन्द्रित गरिने बजेटमा उल्लेख छ ।

छात्रवृत्तिलाई एकीकृत कार्यक्रम सञ्चालन गर्न २ अर्ब ७० करोड विनियोजन गरेको छ । १ हजार ८ सय विद्यालय भवन र ३८ आंगिक क्याम्पस पुनर्निर्माण गर्ने भन्दै बजेटमा २ हजार ५ सय २० कक्षाकोठा, एक–एक हजारका संख्यामा प्रयोगशाला, पुस्तकालय निर्माण गर्न बजेट विनियोजना गरिएको छ । बजेटमा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न ४३ जिल्लामा सञ्चालित दिवा खाजा कार्यक्रमलाई ७७ वटै जिल्लामा लागू गर्न ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ । यसबाट २८ लाख बालबालिका लाभान्वित हुने सरकारको दाबी छ । देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटरी प्याड उपलब्ध गराउन १ अर्ब ८२ करोड विनियोजन गरिएको छ । सरकारले चालू आवमा सेनेटरी प्याड वितरण गर्न राष्ट्रपति शैक्षिका सुधार कोषमार्फत १ अर्ब ३० करोड रुपियाँ विनियोजन गरेको थियो । सो कार्यक्रम कार्यान्वयन नभएपछि आगामी वर्षका लागि पुनः बजेट विनियोजन गरिएको छ ।

बजेटमा विश्वविद्यालयलाई अध्ययन अनुसन्धान गर्ने केन्द्रका रूपमा विकास गरिने उल्लेख छ । विकास निर्माणका क्षेत्रमा आवश्यक जनशक्ति प्रक्षेपण गरी विषय क्षेत्रगत जनशक्ति उत्पादन गर्ने गरी विश्वविद्यालय अनुदान आयोगलाई १७ अर्ब ४३ करोड विनियोजन गरिएको छ । बजेटमा पर्यटन विश्वविद्यालय स्थापित सो विषय अध्यापन गराइने उल्लेख छ । आर्थिक वर्ष २०७५–७६ को १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपियाँको बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि जम्मा १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख विनियोजन गरिएको थियो । जुन कुल बजेटको १० दशमलव २ प्रतिशत मात्रै हो । यस्तै गत अर्थिक वर्षमा कुल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपियाँको बजेटमा शिक्षा क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड रुपियाँ मात्रै विनियोजन गरिएको छ । जुन कुल बजेटको १० दशमलब ६८ प्रतिशत मात्रै थियो ।

बजेटमा दलित तथा कर्णाली क्षेत्रका बालबालिकालाई लक्षित गर्दै बाल संरक्षण गर्न ३ अर्ब विनियोजन गरेको र उक्त रकमले १३ लाख बालबालिकालाई सहयोग गर्ने, ब्रेललिपिका पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराइने उल्लेख छ । कृषि क्याम्पसमा स्नातक अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप गराउने, ७५ हजार युवालाई प्राविधिक शिक्षा तथा सीपमूलक तालिम प्रदान गर्र्ने विषय बजेटमा उल्लेख गरिएको छ । आगामी आर्थिक वर्षको बजेटको विशेषता सबै जिल्लाका सामुदायिक विद्यालयमा ५ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई दिवाखाजा उपलब्ध गराउने, छात्रालाई सेनिटरी प्याड दिने, पर्यटन विश्वविद्यालय खोल्नेलगायत रहेका छन् । नेपाल समाचारपत्र दैनिक