४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती कर्मचारीहरूको भत्ता कटौती हुँदा नेताका भत्ता किन नकाटेको ? : कांग्रेस नेता खतिवडा



अ+ अ-

काठमाडौं । अर्थमन्त्रीद्दारा प्रस्तुत ७८/७८ को  बजेटले निजामती कर्मचारीहरूको भत्ता लगायतका फजुल खर्च कटौती भए पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र पूर्वपदाधिकारीहरूको फजुल खर्चका बारेमा ध्यान दिन नसकेको भन्दै नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले आलोचना गरेका छन् ।  कांग्रेस नेता खतिवडाले बिहीबार संसदमा पेश गरिएको बजेटबारे टिप्पणी गर्दै रोजगारीका विषयमा बजेटले ध्यान दिन नसकेको पनि बताए ।  यसैगरी ग्रामीण क्षेत्रका युवाहरूका विषयमा ध्यान दिन नसकेको भन्दै चिन्ता पनि जनाएका छन् । 

निजामती कर्मचारीहरूप्रति निर्मम बनेको बजेटले सरकारको लक्ष्य प्राप्त गर्न नसक्ने कांग्रेस नेता खतिवडाले बताए । कोरोना महामारीका कारण नेपाल मात्रै होइन विश्व नै संकट परेका बेला अर्थमन्त्रीजीले २.३ प्रतिशतले आर्थिक वृद्धि हुने बताएको कुरामा आफुले सम्भाव्यता नै नदेखेको पनि जिकिर गरे । 

यस साथै स्वास्थ्य क्षेत्रमा बजेट बढाएको देखिए पनि कार्यान्वयनमा चुनौती रहेको कांग्रेस नेता खतिवडाले बताएका छन् । बजेटले जति नै महत्वकांक्षा राखे पनि राजश्व संकलनमा अर्थमन्त्रीले सोँचअनुसार उठाउन सक्ने गरेर कार्यक्रम र योजना ल्याउन नसकेको उनले बताएका छन् ।




भर्खरै