२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण एशियाका नवप्रवर्तनशील स्टार्टअप र व्यवसायिक नेताहरूको सम्मेलन साउन १८ मा काठमाडौंमा हुने



अ+ अ-

काठमाडौँ । नेपाल जेसीजको आयोजनामा नेपालमा पहिलोपटक जेसीआई दक्षिण एशियाली व्यवसाय तथा लगानी सम्मेलन आयोजना हुने भएको छ ।

नेपाल जेसिजले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

आयोजकका अनुसार उक्त सम्मेलन यही साउन १८ गते काठमाडौंको ठमेलस्थित होटल  एलोफ्टमा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै सम्मेलनका मिडिया संयोजक रोशन धामीले दक्षिण एशियाली मुलुकहरूका युवा उद्यमी, लगानीकर्ता, व्यवसायिक नेताहरू र नवप्रवर्तनशील स्टार्टअपहरूबीच प्रत्यक्ष अन्तरक्रिया, लगानीका अवसरको खोजी तथा क्षेत्रीय साझेदारीको विकास मार्फत दीगो आर्थिक प्रगतिमा योगदान र्पुयाउनु कार्यक्रमको मूल उद्देश्य रहेको बताउनु भयो ।

उहाँले सम्मेलनमा क्षेत्रीय व्यापार, उद्यमशीलता र नवप्रवर्तन सम्बन्धी विषयगत छलफल तथा संवाद गरिने पनि बताउनु भयो । उहाँका अनुसार सम्मेलनमा नेपाली तथा विदेशी स्टार्टअप र प्रविधिमा आधारित इनोभेटिभ आइडियाको प्रदर्शनी, साझेदारी र लगानीका सम्भावना माथि अन्तक्र्रिया र नेपालको उद्योग, पर्यटन र लगानीमैत्री वातावरणको प्रवद्र्धनका विषयमा समेत संवाद गरिनेछ ।

सम्मेलनले पर्यटन व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै नेपालको संस्कृति तथा जैविक विविधताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन सहयोग गर्ने उहाँको विश्वास छ ।




भर्खरै