२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण एशियाका नवप्रवर्तनशील स्टार्टअप र व्यवसायिक नेताहरूको सम्मेलन साउन १८ मा काठमाडौंमा हुने



अ+ अ-

काठमाडौँ । नेपाल जेसीजको आयोजनामा नेपालमा पहिलोपटक जेसीआई दक्षिण एशियाली व्यवसाय तथा लगानी सम्मेलन आयोजना हुने भएको छ ।

नेपाल जेसिजले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

आयोजकका अनुसार उक्त सम्मेलन यही साउन १८ गते काठमाडौंको ठमेलस्थित होटल  एलोफ्टमा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै सम्मेलनका मिडिया संयोजक रोशन धामीले दक्षिण एशियाली मुलुकहरूका युवा उद्यमी, लगानीकर्ता, व्यवसायिक नेताहरू र नवप्रवर्तनशील स्टार्टअपहरूबीच प्रत्यक्ष अन्तरक्रिया, लगानीका अवसरको खोजी तथा क्षेत्रीय साझेदारीको विकास मार्फत दीगो आर्थिक प्रगतिमा योगदान र्पुयाउनु कार्यक्रमको मूल उद्देश्य रहेको बताउनु भयो ।

उहाँले सम्मेलनमा क्षेत्रीय व्यापार, उद्यमशीलता र नवप्रवर्तन सम्बन्धी विषयगत छलफल तथा संवाद गरिने पनि बताउनु भयो । उहाँका अनुसार सम्मेलनमा नेपाली तथा विदेशी स्टार्टअप र प्रविधिमा आधारित इनोभेटिभ आइडियाको प्रदर्शनी, साझेदारी र लगानीका सम्भावना माथि अन्तक्र्रिया र नेपालको उद्योग, पर्यटन र लगानीमैत्री वातावरणको प्रवद्र्धनका विषयमा समेत संवाद गरिनेछ ।

सम्मेलनले पर्यटन व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै नेपालको संस्कृति तथा जैविक विविधताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन सहयोग गर्ने उहाँको विश्वास छ ।