५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ



अ+ अ-

गलकोट । बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आय आर्जनमा वृद्धि भएको छ ।

ढोरपाटन पुगेका केही पर्यटक पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्दै आएको छ । पदमार्ग आसपास र बुकीपानमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । बुकीपाटन पुगेका पर्यटकह गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु गोठमै खपत हुन थालेको हो ।

गोठालाले उत्पादन गरेको दूध, दही र महीसमेत बुकीपाटनमै खपत भएपछि आयआर्जनमा वृद्धि भएको गोठालाहरु बताउँछन् । उनीहरुले पर्यटकलाई भैँसीको दूधसँगै दूधबाट बन्ने खिर, चिया, मही तथा दही खुवाएर आम्दानी गर्न थालेका छन् । भैँसी पालेर घ्यू उत्पादन गरेर बिक्री गर्दै आउनुभएका बुकीपाटनका भँैसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरीचरनका रुपमा रहेको बुकीपाट पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताउनुभयो ।

“पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही त फालिन्थ्यो, अहिले बर्खामा पर्यटक भरिभराउ छन् बुकीपाटनमा पर्यटकहरु आएपछि महीसमेत बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खिर पकाएर पर्यटकलाई खुवाइन्छ, गोठमै दूध, मही बिक्री भएपछि बोकेर ढोरपाटन ल्याउनैपर्ने भएन ।”

बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर राम्रो आम्दानी गरेको गुमानसिंह कुमाइले बताउनुभयो । बुकी उक्लनेलाई प्रतिगिलास रु १०० मा चिया बिक्री गर्दै आएको उहाँको भनाइ छ । दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाइको भनाइ छ ।

उहाँको गोठमा एकै दिन १०० गिलाससम्म चिया खपत भएको छ । तीन वटा भैँसी र ६० वटा बाख्रा पाल्दै आउनुभएको कुमाइको चेप्टेढुङ्गामा अस्थायी घुम्ती गोठ रहेको छ । पदयात्राको छेउमै गोठ भएकाले दूध र चिया असारयता निकै खपत भएको उहाँको भनाइ छ ।

“बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मिठो मानेर खाने गरेका छन्, दूधबाट चिया बनाउन थालेपछि यो सिजनमा घ्यू बनाउन आवश्यक छैन”, कुमाइले भन्नुभयो, “पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला–पहिला खेर जाने मही समेत अहिले महँगो मूल्यमा बिक्री हुन्छ, घण्टाँै हिँडेका पदयात्रीले मिठो मानेर मोही, दही, चिया खाने गरेका छन् ।” ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि बुकीपाटन यसपटक गुल्जार बनेको छ ।

ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी गर्ने, घरबासमा बस्ने र गोठमा बस्ने पर्यटकका कारण आय आर्जनमा सघाएको छ । ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन् । समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् ।रासस




भर्खरै